असोज २२, काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २०८५, ललितपुरका ३२०, तथा भक्तपुरका १३५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण तीब्र गतिमा बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ।
त्यस्तै यस अवधिमा २ हजार ६७५ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको प्रवक्ता गौतमले बताए ।
यस दिन थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९०पुगेको छ।
प्रतिक्रिया दिनुहोस