‘नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो’


फागुन २२, काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एपले “नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो” योजना ल्याएको छ । सो योजना फ्रेबुअरी २२ देखि अगस्ट २२ सम्म लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

उक्त योजना अवधिभर क्योदाईबाट नेपालमा ‘आइएमई पे’ गर्ने सेवाग्राहीहरुले ३ पटकसम्म निशूल्क सेवा शूल्कमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । उक्त योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिने छ ।

यस्तै चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट व्याज पनि पाइने यस योजनाका फाइदाहरु रहेको र यसका लागि प्राप्तकर्ताले आफ्नो मोबाइलमा ‘आइएमई पे’ डाउनलोड गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

जापानस्थित जुनसुकै क्योदाईकाउन्टरमा नेपालमा पठाउनुपर्ने रकमसहित ‘आइएमई पे’ मोबाइल वालेट खाता भएको वालेट नम्बर (फोन नम्बर) प्रदान गरि नेपालको ‘आइएमई पे’ मोबाइल वालेट नम्बरमा निःशुल्क पैसा पठाउन सकिने व्यवस्था कम्पनीले मिलाएको कम्पनीले जनाएको छ ।

२२ फाल्गुन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको