इएमक्यु लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु


फागुन २२, काठमाडौँ । रेमिट्यान्स कम्पनी इएमक्यु लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।

जापान, युएई, जोर्डनस्थित उपभोक्ताहरुले ईएमक्युको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्नुका साथै नेपालमा सिटी एक्सप्रेससँग आवद्ध ७५०० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्यु लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले हस्ताक्षर गरेका हुन्।

२२ फाल्गुन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको