दाङ प्रशासनले भन्यो- खाद्यान्न पसल पनि पूर्ण रुपमा बन्द गर्नुहोस


शरद रेग्मी/चैत २२, दाङ । जिल्ला प्रशासन कार्यालय दाङले खाद्यान्न पसल पनि नखोल्न निर्देशन गरेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अहिले साँझ विहान घरबाट निस्किने गरेको भन्दै बिहान र साँझ ५ बजेपछि पनि कसैलाई घरबाट बाहिर ननिस्कन पुन : अपिल गर्दै स्थानीय स्तरमा खाधान्नका पसलहरु समेत पुर्णरुपमा बन्द गर्न आब्हान गरेको छ ।

नागरिकको स्वास्थ सुरक्षालाई मध्येनजर गर्दै अति आबश्यक भन्दा अरुकाममा घरबाहिर निस्कन रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए । ‘हामिले जिल्लावासीको सुरक्षालाई मध्येनजर गर्दै उच्च सतर्कता अपनाउन सबै तह र तप्कालाई परिचालन गरिरहेका छौ, प्रशासनलाई नागरिकले घरभित्र बसेर सहयोग गर्नुपर्यो’ उनले भने ‘कोरोना नियन्त्रण गर्ने अभियानमा आजसम्म सबैको भूमिका महत्वपूर्ण छ तर भोलि आउन सक्ने भयावह परिस्थितिलाई पनि हामिले समयमै आकलन गर्नुपर्छ ।’

लकडाउन लागु भएको १० दिन सम्मपनि नागरिकहरु साझ र बिहानको समयमा घरबाहिर आवतजावत गर्नेकाम नरोकिएको व्यापक गुनासो बढेपछि स्थानीय प्रसासनले घोराही, तुलसीपुर, लमही भालुबाङ र गाउँमा पनि नागरिकलाई आवतजावत र हिडडुल गर्न पुर्णरुपमा रोकलगाईएको छ ।

लकडाउन पुर्णरुपमा कार्यान्वयन गराउन खाद्यान्न, तरकारी, डेरी पसल समेत पुर्णतः बन्द गर्न सबैलाई आब्हान गरिएको छ ।

शनिबार बिहान विभिन्न निकायसंगको टेलिफोन सम्बादपछि स्थानीय प्रसासन,उपमहानगरपालिका र उधोगबाणिज्य सङघले तुलसीपुरमा सर्बसाधारणको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हप्ताको तीनदिनमात्रै खाद्यान्न पसलहरु खोल्ने निर्णय गरेको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावलले जानकारी दिए ।

अध्यक्ष रावतका अनुसार अबदेखि हप्तामा तिनदन आईतबार, मगलबार र शुक्रबार बिहान ९ बजेसम्म मात्रै खाद्यान्न र अति आबश्यकका पसलहरु खोल्ने निर्णय गरेको हो । साझको समयमा कुनै पनि पसल नखोल्न र नागरिकलाई घरबाहिर निस्कन रोक लगाएको छ ।

अस्पताल र मेडिकलहरु भने जतिबेलापनि सेवा दिनुपर्ने भन्दै चौबिसैघण्टा खुल्ला राख्नुपर्ने उल्लेख्य गरिएको छ । अस्पतालले जस्तोसुकै बिरामीको भर्ना लिन र सेवा दिनुपर्ने भन्दै कहिकतैबाट केहि कमिकमजोरि भएको पाईएमा दर्ता खारेजी देखि हदैसम्मको कार्बाहि हुनसक्ने छ ।

केही शङ्का लागेका बिरामीहरु आएको खण्डमा क्वारेन्टाइनमा पुर्याउने बाताबरण श्रृजना गर्न भुमिका खेल्नपनि सबैसग आब्हान गरिएको छ ।

२२ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको