अष्ट्रेलियामा तीन नेपालीको मृत्यु


पुस १९, सिड्नी । सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई जना नेपाली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

शुक्रबार साँझ पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको हो । चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्लीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

अर्का एक नेपालीलाई भने हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । गम्भीर अवस्थामा रहेका प्रदीप पाण्डेको भने उपचार भइरहेको छ ।

सिड्नीबाट तीन सय किमी टाढा अरेन्ज सहरमा बिहीबार अर्का एक नेपालीको पनि डुबेर मृत्यु भएको थियो । रूपेन तामाङको तलाउमा डुबेर मृत्यु भएको एनआरएन अष्ट्रेलियाले जनाएको छ ।

१९ पुष २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको