नारायणकाजीसहित नेकपाले लगायो १६ राष्ट्रियसभा उम्मेदवारको टुङ्गो


पुस १८, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ ।

प्रदेश १ मा नेकपाले महिला तर्फ इन्दु गौतम, दलितबाट गोपी अच्छामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ ।

त्यस्तै प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपाले प्रदेश २ मा राजपासँग तालमेलको सहमति गरिसकेको छ ।

त्यस्तै प्रदेश ३ बाट महिलामा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ। भुसाल नेकपाका स्थायी समिति सदस्य हुन्।

गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन् । श्रेष्ठ नेकपाका सचिवालय सदस्य हुन् । त्यस्तै महिलामा भगवती न्यौपाने उम्मेदवार बनाएको छ ।

प्रदशे ५ मा नेकपाले महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै प्रदेश ६ मा नेकपाले अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुनिता बिसी उम्मेदवार भएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट उम्मेदवार भएका छन् ।

१८ पुष २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको