थबाङमा नेकपाको जित, कांग्रेसको २६ मत


मङ्सिर १४, रोल्पा । थबाङमा गाउँपालिका-१ को उपनिर्वाचन मतगणना सम्पन्न भएको छ । सत्तारुढदल नेकपाका उम्मेदवार जनक बहादुर बुढा मगरले १७४ मत प्राप्तगरि बिजयी भएका छन् । बुढा मगरले कांग्रेसका उम्मेदवार कलम बहादुर रोका मगरलाई १४८ मतले पराजित गरेका हुन् ।

कांग्रेसका उम्मेदवार रोका मगरले जम्मा २६ मत प्राप्त गरेका छन् । सबै २०९ मत मध्ये ९ वटा भोट बदर भएको थबाङ गाउँपालिका प्रेस सल्लाहकार बिमल डाँगीले बताए ।

१ हजार २ सय ७४ मतदाता रहेको वडामा २ सय ९ मात्र मत खसेको थियो । जसमध्य १ सय १२ पुरुष र ९७ महिला मतदाताले मत दिएका थिए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको आस्थावान मतदाताले मतदानमा भाग नलिएपछि न्यून मतदान भएको छ। बिहानैदेखि मतदान स्थलमा मतदाताको न्यून सहभागीता थियो।

विप्लब समर्थकले मतदान वरिपरि आएर चियो गरे पनि मतदान भने गरेनन । विप्लव नेकपा नेता अमित घर्तिमगरकी दिदी मतदानस्थलमा आएर रुँदै पक्राउ परेका भाइ लगायत थबाङी विप्लव नेकपाका नेता र कार्यकर्तालाई सरकारले छाड्नु पर्ने माग राखेकी थिइन्। उनको रुवाईले मतदान स्थलमा केहीबेर तनाव उत्पन्न भएको थियो।

नेकपाका नेता अमित स्थानीय तहको चुनावमा कांग्रेससँग गठबन्धन गरी गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका थिए। यद्यपि उनी पराजित भएका थिए। उनी एक महिनाअघि पक्राउ परेका थिए।

१४ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको