रोल्पामा खोलामा बस खस्यो, २ जनाको मृत्यु


असोज १३, रोल्पा । खोलामा बस खस्दा रोल्पामा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् ।

सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिप पार्कदेखि उत्तर तर्फबाट बस खोलामा खसेको प्रहरीले जनाएको छ ।

रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा रहेको बस यात्रु लिन जाने क्रममा ब्याक गर्दा खोलामा खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङका अनुसार बस २ सय मिटर तल खोलाको बीचमा खसेको छ ।

१३ आश्विन २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको