१५ महिनापछि ओलीले सत्ता सुम्पिन्छन, धेरै घमण्ड गरे कोही टिक्दैनन :प्रचण्ड


जेठ १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गरे ।

प्राइम टेलिभिजनका लागि ऋषि धमलासँग गरिएको कुराकानीमा यस्तो बताएका हुन् ।

पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ वायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने प्रचण्डको भनाइ छ । तर पार्टीको अध्यक्ष जिम्मेवारी आफुले पाएको खण्डमा ओलीलाई नै ५ बर्ष प्रधानमन्त्री मान्न सकिने बताएका छन् ।

तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७४ साल जेठ २ गते प्रचण्ड र केपी ओलीवीच गोप्य सम्झौता भएको थियो, जसको चौथो बुँदामा आलो–पालो सरकारको नेतृत्व गर्ने भनिएको थियो ।

गोप्य सहमितमा प्रचण्ड र ओलीले हस्ताक्षर गरेका छन् भने साँछीका रुपमा विष्णु पौडेल र जनार्दन शर्माको समेत हस्ताक्षर छ ।

हेर्नुहोस् गोप्य सहमति

समानताका आधारमा सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकोमा केपी शर्मा ओलीले १५ महिना सरकारको नेतृत्व गरिसकेका छन् । अब उनको अढाइ वर्षे कार्यकाल पूरा हुन १५ महिना बाँकी छ ।

यसवीचमा सरकारले राम्रो काम ग¥यो र पार्टी सन्तुष्ट भयो भने ओलीलाई ५ वर्ष नै सरकार चलाउन दिने प्रचण्डले बताएका छन् । तर, ओलीलाई ५ वर्ष प्रधानमन्त्री बन्न दिनका लागि पार्टी सञ्चालनको जिम्मा आफूले पाउनुपर्ने प्रचण्डको माग छ ।

यसैवीच अध्यक्ष प्रचण्डले आगामी शनिबार पार्टीको सचिवालय बैठक बस्ने र पार्टी एकताका बाँकी कामहरु टुंग्याउने बताएका छन् ।

पार्टी एकताबारे बिराटनगरका पत्रकारले सोधेको प्रश्नको जवाफमा प्रचण्डले भनेका छन्, ‘पोलिटब्युरो गठनको हामी गृहकार्य गरिराखेका छौं, त्यो अन्तिम चरणतिर छ । हामी १८ गते सचिवालयको बैठकबाट यो कुराको टुंगो लगाउने प्रयासमा छौं । नभए पनि कार्यविभाजन र बाँकी रहेका एकतासँग सम्बन्धित रहलपहल कामहरु हामी १८ गते सक्ने गरी प्रयास गरिरहेका छौं ।’

१६ जेष्ठ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको