विप्लव नेकपाले गर्यो रौतहट ईन्चार्ज अधिकारी र ब्यूरो सदस्य घिमिरेलाई कारवाही


जेठ १४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले रौतहट जिल्ला ईन्चार्ज शंकर अधिकारी र नारायणी ब्यूरो सदस्य देव घिमिरे ‘रमण’लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

ने.क.पा.को नारायणी व्युरो ईन्चार्ज मिलनले मंगलवार साँझ एक प्रेस विज्ञप्ति जारी गरी अधिकारी र घिमिरेले पार्टी नीतिविपरीत कार्य गरेको भन्दै कारवाही गरेको जनाएका छन् ।

जारी विज्ञप्ति अनुसार दुवै जनाले पार्टीलाई नै गम्भीर आँच आउने किसिमको हर्कत गरेकाले कारवाही गरेको जनाइएको छ । साथै दुवै जनालाई यसअघि पनि पार्टी हितविरुद्ध कार्य गरेको ठहर गर्दै रुपान्तरणका लागि आवश्यक कारवाहीसहितको कदम चालेको अवस्थाबीच पुनः गलत कार्य गरेको पाइएपछि यसपटक साधार(ण सदस्य नै नरहने गरी कारवाही गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

स्मरण रहोस् गत चैत ८ गते काभ्रेको रोशी गाउँपालिकास्थित खानीखोलाबाट गिररफ्तार भई हालै मात्र ललितपुर जिल्ला अदालतको आदेशमा साधारण तारेखमा रिहा भएका थिए ।

त्यसबेला ने.क.पा.को मध्यकेन्द्रीय कमाण्ड ईन्चार्ज सुदर्शनसहित ९ जनालाई प्रहरीले रातको समयमा गिरफ्तार गरेको थियो । तीमध्ये सुदर्शनसहित ४ जना पूर्पक्षका लागि नख्खु कारागारमा राखिएका छन् ।

विज्ञप्तिको पूर्णपाठसहित 

१४ जेष्ठ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको