सुकेटार विमानस्थल ल्याइयो मन्त्री अधिकारीसहितको शव


फागुन १५, ताप्लेजुङ । ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको छ ।

दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मन्त्री अधिकारीका अलावा आङछिरिङ्ग शेर्पा, ध्रुवदास भोछिभोय, युवराज दहाल, वीरेन्द्रप्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसी छन् ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरूको शव बुधवार नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थल ल्याएको छ ।

१५ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको