रेखा थापाले पक्राउको बिरोध गर्दै भनिन ‘कुनै पार्टीको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?’


असार १०, काठमाडौँ । चर्चित नायिका रेखा थापाले सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर नरबहादुर कार्की पक्राउको बिरोध गरेकी छन् । उनले सामाजिल संजाल फेसबुकमार्फत प्रहरीले विनाकारण कार्कीलाई अपराधि जसरी पक्राउ गरेको भन्दै असन्तुष्टि जनाएकी हुन् ।

उनले राज्य आतंकको बर्तमान रुप आफ्नै आख्नाले देखेको बताउदै, भर्खरै मारौंला जस्तो गरेर गणतान्त्रिक लाेकतन्त्रात्मक प्रहरी प्रस्तुत भएकोमा दुख व्यक्त गरेकी छन् ।

उनले भनेकी छन्- ‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियाे आज । सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ । धकेलेर, भरखरै मारौंला जस्तो गरेर गणतान्त्रिक लाेकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो ।’,

नायिका थापाले सामाजिक विषयका बारेमा छलफल गर्दै गर्दा कार्कीलाई अपराधिलाई जसरी किन पक्राउ गरेको भनेर सोध्दा नालायक र पाखण्ड जवाफ आएको बताउँदै उनले प्रश्न गरेकी छन्- कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?

‘मोटिभेसनल स्पिकर’का रुपमा स्थापित कार्की पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका थिए । उनि रेखा थापाले अभिनय गरेको फिल्म मालिकाका निर्माता समेत हुन् । महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले राजधानीको बालुवाटारस्थित नेपाल हाउसबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको बताइएको छ ।

सामाजिक अभियन्ताको रुपमा समेत आफूलाई चिनाएका कार्की सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक मध्येका एक हुन् ।

उनको स्टाटस जस्ताको तस्तै:

राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियाे आज ! सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ। धकेलेर, भरखरै मारौंला जस्तो गरेर गणतान्त्रिक लाेकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो। सामाजिक विषयका बारेमा छलफल गर्दै गर्दा उहाँलाई अपराधिलाई जसरी किन पक्राउ गरेको भनेर साेध्दा विप्लव समर्थक भएर रे ? यो जस्तो नालायक र पाखण्ड जवाफ अरु के हुन सक्छ ? कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?

१० असार २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको