आफू पढेको स्कुलको लागि भुपु बिधार्थी एक भए


असार ९, अर्घाखाँची । आफू पढेको स्कुलको लागि अर्घाखाँची स्थित भुमकास्थान नगरपालिका – ४ मा रहेको शान्ति माध्यामिक बिद्यालयका भुपु-बिद्यार्थीहरु एकजुट भएका छन् । हिजो आइतबार एक भेला सम्पन्नगरि श्री शान्ती माबी भुपु बिधार्थी सघ गठन भएको छ ।

सो भेलाले कृष्ण प्रसाद बन्जाडेलाई संघको अध्यक्षमा चैन गरेको छ, भने उपाध्यक्षमा सिता बन्जाडे, सचिबमा राम बहादुर थापा, सहसचिबमा श्रीजना केसी, कोषाध्यक्षमा इन्द्रमणि भुसाल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा हिम बहादुर रेस्मी, सागर पोख्रेल, कृष्ण भाट, लेखनाथ बन्जाडे, यम बहादुर थाप, वसन्त घर्ती, सन्तोस बन्जाडे, विशाल केसी, गिता परियार, र हरि प्रसाद भुसाल रहेका छन् ।

उक्त भेलाले ११ जना सल्लाहकार समिति समेत चयन गरेको छ।

बिद्यालय प्राङ्गणमा भएको सो कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक डिलाराम पन्थीले उडघाटन गरेका थिए भने अध्यक्ष रामु केसी र सन्चालन भुपु बिधार्थी तथा सिक्षक कृष्ण बन्जाडेले गरेका थिए ।

कार्यक्रममा भुपु बिधार्थी सीता बन्जाडे बिरेन्द्र पौडयाल, हरि प्रसाद भुसाल, टेकराज थापा, वसन्त थापा लगायतले मन्तब्य राखेका थिए ।

यसअघि सान्ती माबी भुपु बिधार्थी सघ (युएइ ) गठन गरि युएइमा रहेका भुपु बिधार्थीहरुले स्कुललाई शैक्षिक सामाग्री सहयोग गरेका थिए । ८ थान कम्प्युटर र १ थान प्रोजेक्टर आफूले पढेको स्कुललाइ हस्तान्तरण गरिसकेका छन। साथै थुप्रै मानबिय सहयोग पनि गर्दै आएका छन।

९ असार २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको