त्रिशुली समाज युएइले फेबुअरी १ मा सोनाम ल्होसार मनाउँदै


दीपा बुढा मगर/२३ जनवरी । त्रिशुली समाज युएईले फेबुअरी एक तारिख सोनाम ल्होछार मनाउने भएको छ । रोजगारको सिलसिलामा युएई पुगेका नूवाकोटका तामाङहरू द्वारा स्थापना गरिएको त्रिशुली समाज युएइले तामाङ संस्कृतिलाई संरक्षण र समृद्धि बनाऔं भन्ने उद्देश्यका साथ हरेक बर्ष नेपालबाट ख्याति प्राप्त कलाकारहरूलाई आमन्त्रित गरेर सोनाम ल्होछार मनाउदै आएको छ ।

समाजले २८५५ औ (फाल्हो) सोनाम ल्होछारको कार्यक्रमका लागि चर्चित कलाकारहरू गायिका पूर्णिमा लामा, नायिका तथा मोडल एलिशा राई, सेलो तथा म्हेन्दो माया गायिका बिना घले तामाङ, म्हेन्दो माया गायक कीर्ति तामाङ साथै स्थानीय कलाकारहरुको प्रस्तुति देखिने छ । युएईको राजधानी अबुधाबीको फोल्कलोर थिएटर हलमा १ फेब्रुअरी २०१९ का दिन कार्यक्रममा सहभागी भईदीन समाजले युएईवासी नेपालीहरुलाई अनुरोध समेत गरेको छ । कार्यक्रममा आउन जान बसको ब्यबस्था समेत गरिएको समाजका सल्लाहकार दिल बाईबाले पोष्टपाटीलाई जानकारी दिए ।

९ माघ २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको