नयाँ शक्तिका २० नेताद्वारा पार्टी परित्याग (नामावली सहित)


जेष्ठ ८, काठमाडौँ । पुर्व नयाँ शक्ति पार्टी नेपाल सुर्खेतका २० जनाले समाजवादी पार्टी परित्याग गरेका छन् । जिल्ला संयोजक प्रचण्ड कुमार पोखरेल सहितका नेताहरुले पार्टी छोडेका हुन ।

समाजवादी पार्टीका उपाध्यक्षद्वय परशुराम खापुङ र हिसिला यमीलाई भेटेर बुधवार नयाँ शक्तिका जिल्ला स्तरीय नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चने, वाचा गरेका जिम्मेवारी पुरा नगर्ने र शक्ति आर्जनका लागि आफूहरूलाई अनावश्यक रूपमा प्रयोग गर्न खोजेकाले पार्टी परित्याग गर्नु परेको पोखरेलले बताए ।

पार्टी एकता प्रक्रिया प्रति असन्तुष्टि जनाएर वैशाख २३ मा समाजवादी पार्टीका अध्यक्ष भट्टराईलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका पोखरेलसहितका नेताले बुधवार पार्टी परित्याग गरेका हुन । विज्ञप्तिमा समाजवादी पार्टी गैरलोकतान्त्रिक, गैर जिम्मेवार र नोकर शाही चरित्रको भएकाले पार्टी परित्याग गरिएको समेत उल्लेख छ ।

पार्टी परित्याग गर्नेमा नयाँ शक्तिका सुर्खेत जिल्ला संयोजक पोखरेल सहित नयाँ शक्ति विद्यार्थी युनियनको कर्णाली प्रदेश संयोजक रवि किरण हमाल, विज्ञ परिषद्का कर्णाली संयोजक सुरथ कुमार पोखरेल, युवा .शक्तिकाका कर्णाली प्रदेश संयोजक भक्ति आचार्य र युवा शक्तिका केन्द्रीय सदस्य टेक प्रसाद भट्टराई लगायत छन् ।

यस्तो छ बिज्ञप्ति:

८ जेष्ठ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको