५३ औ online मगर संसार बिजेता बनिन बुटवलकी ९० बर्षीय उमिकला बिरकट्टा मगर बन्नुभएको छ ।
“भेषभूषा,भाषा,लिपि,धर्म,संस्कार,संस्कृतिलाई संरक्षण गरौ विश्व भरिका मगरलाई एकजुट गराऔ” भन्ने उद्देश्यले स्थापित यस अन्लाइन फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीको ७ औ बार्षिक उत्सवको अवसरमा आयोजित ५३ औ online प्रतियोगिता अंर्तगत ६० बर्ष माथिका सिंगल भेषभूषा फोटो प्रतियोगिता २०८१ सम्पन्न भएको छ।
भेषभूषा फोटो प्रतियोगितामा विश्व भरिबाट ४० जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम बिजेता भने अर्घाखाची हाल बुटवल १३ निवासी ९० बर्षीय उमिकला बिरकट्टा मगर बनेकी छीन।
उहाँले एक हप्तामा मत अर्थात पोस्ट रिच ३ लाख ९० हजार १५ प्राप्त गरेको थियो।
प्रथम बिजेता बनेकी उमिकला बिरकट्टाले नगद ५ हजार सँगै सम्मान पत्र प्राप्त गर्ने छन।
त्यसै गरी दोस्रो बिजेता भने बागलूङ निसिखोला निवासी ६४ बर्षीय हर्कमाला घर्ती मगर बनेकी छीन ।
उहाँले टोटल १ लाख ९६ हजार ५ सय सात मत प्राप्त गरेकी थिईन ।
हर्कमालाले रु.४ हजार र सम्मान पत्र प्राप्त गर्ने छीन।
त्यसै ग़री तेस्रो बिजेता भने कदमताम सिक्किम पाक्योङ जिल्ला निवासी ९७ बर्षीय पञ्च माया मगर बनेकी छीन ।पञ्च मायाले टोटल मत १ लाख ७२ हजार ८ सय ५९ प्राप्त गरेको थियो। उहाँले नगद रु.३ हजार र सम्मान पत्र पाउने छीन।
प्रतियोगितामा top 4 बिजेता पाल्पा रिब्दिकोट ६ की ९४ बर्षीय हरि कला थापा मगर बनेकी थिइन उहाँको मत १ लाख २५ हजार ७ सय ३८ रहेको थियो भने top 5 बिजेता भने ९७ बर्षीय कदमताम सिक्किम पाक्योङ जिल्ला निवासी मन ब.मगर बनेका छन उहाँको टोटल मत ७० हजार ६ सय ३४ रहेको थियो।
प्रतियोगितामा सहभागी मध्य बार्षिक उत्सवको अवसरमा ८४ बर्ष माथिका २७ जना प्रतियोगि लाई मगर संसार बाट बिशेष सम्मान गर्ने अध्यक्ष अनिल लामिछाने मगर ले जानकारी दिनु भयो।
प्रतिक्रिया दिनुहोस