लुम्बिनी प्रदेशमा आगलागी र डढेलोबाट ५ जनाको मृत्यु , १७ जना घाइते

बैशाख २७, दाङ । लुम्बिनी प्रदेशमा वैशाख महिनामा आगलागी र डढेलोबाट ५ जनाको मृत्यु र १७ जना घाइते भएका छन भने ४ सय २१ स्थानमा आगलागी र वन डढेलोका घटना भएका छन ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशका अनुसार वैशाख २५ गतेसम्म पहाडी र तराइका जिल्लामा गरी आगलागीबाट ३ सय ६४ घरमा पूर्ण क्षति, ४१ घर आंशिक क्षति भएको र ३ सय ६० वटा गोठ जलेर नष्ट भएका छन् । ४ सय ५८ पशु चौपाया मरेका छन् ।

मंगलबार र बुधबार पानी परेकाले आगलागीका घटना भएका छैनन् । वनमा लागेको आगो हावाहुरीका कारण धेरै ठाउँमा घरगोठमा सल्किएको छ ।

वैशाखमा सबैभन्दा धेरै प्युठान र कम रुकुम पूर्वमा आगलागीका घटना भएका छन् । वैशाख २० देखि २५ गतेसम्म विभिन्न जिल्लामा ५३ वटा आगलागीका घटना भए ।

पहाडी जिल्ला अर्घाखाँचीमा ५५, गुल्मीमा २१, पाल्पामा २४ र रोल्पामा २३ वटा घटना भए । तराइका दाङमा ३२, बाँकेमा २२, बर्दियामा २३, रुपन्देहीमा २२, कपिलवस्तु ३४ र नवलपरासी पश्चिममा १५ वटा वैशाख २० गतेसम्म आगलागीका घटना भएको जिल्लागत विवरणमा उल्लेख छ ।

मंगलबारदेखि पानी परे पनि आगलागीका घटना भएका छैनन् । सुख्खा मौसम, वनमा लागेको आगो बस्तीसम्म पुगेको मन्त्रालयका सचिव लालबाबु कवारीले बताए ।

आगलागी प्रभावित क्षेत्रमा प्रदेश सरकार, रेडक्रस, स्थानीय तह र विभिन्न संघसंस्था व्यक्तिले राहत उपलब्ध गराएका छन् । प्रदेशबाट त्रिपाल, टेन्ट र पिफर्म उपलब्ध गराइएको उनले बताए ।

आर्थिक वर्ष २०८१/०८२ मा विपतबाट प्रभावित परिवारलाई राहत स्वरुप ७२ लाख ९५ हजार र पुनर्निर्माणका लागि १ करोड ९८ लाख ३० हजार गरी २ करोड ७१ लख २५ हजार रुपैयाँ रकम वितरण गरेको उनले बताए ।

नयाँ वर्ष सुरु भएसँगै लुम्बिनी प्रदेशमा आगलागीका घटनाले स्थानीयमा त्रसित बनाएको थियो । लुम्बिनीका १२ जिल्लाका ९३ वटा नगरपालिका तथा गाउँपालिका आगलागीबाट प्रभावित भएको छ ।

२७ बैशाख २०८१, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको