बिद्यालय भौतिक सामग्रीको लागि देउसी भैलो खेल्दै


कार्तिक २, २०७६ ।
पूर्ण बुढामगर रुकुम पूर्ब ।
गुणस्तर शिक्षा हाम्राे चाहाना तिहारकाे शुभकामना भन्ने मूल नारासहित पूर्बी रुकुमकाे पुथा उत्तरगंगा गाउपालिका १४ नाखाकाे अाधारभुत बिद्यालयका बिद्यार्थीहरु कार्तिक १ गतेदेखि देउसी भैली खेल्न गाउँबाट निस्कि सकेका छन् ।

बिद्यालयकाे भाैतिक संरचना र शिक्षा सामाग्रीहरु खरिद थप गर्नकाे लागि भैली खेल्ने लक्ष राखिएकाे बिद्यालय ब्यबस्थापन समितिले बताएकाे छ ।

करिब एक महिनाकाे नृत्य प्रशिक्षण सकाएर देउसी भैली खेल्न लगिएकाे बताउ छन् त्यस गाउँका जनप्रतिनिधि माेहनभक्त बुढामगरले ।

शिक्षकद्वय धनमान पुन र लिलाराम पुनकाे नेतृत्वमा कलाकार बिद्यार्थीहरुले अाफ्नाे कला प्रस्तु गर्ने छन् ।

कार्तिक १ गतेदेखि १० गतेसम्म भिबिन्न छिमेकी गाउँहरुमा भैली खेली सकेर फर्किने याेजनाका साथ बिद्यार्थीहरु अभिभाबक बुद्धिजिबी गरि करिब ३० जनाकाे टाेली देउसी भैली खेल्न प्रस्थान गरेकाे छ ।

४ कार्तिक २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको