सर्वोच्चको आदेशमा रिहा भएका विप्लवका नेता आक्रोशसहित ३ जना पुनः गिरफ्तार


असोज २, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’ सहित ३ नेतालाई प्रहरीले सर्वोच्चको गेटबाट गिरफ्तार गरेको छ ।

सर्वाेच्च अदालतकाे आदेशमा रिहा भएका भण्डारी सहित अखिल (क्रान्तिकारी)को गण्डक ब्यूरो समेत रहेका केन्द्रीय सदस्य मिलन राई र अखिल (क्रान्तिकारी)कै कास्की अध्यक्ष काजी गुरुङलाइ प्रहरीले पुनः पक्राउ गरेका हाे ।

दुई हप्ता अघिदेखि गोरखा जिल्ला प्रहरीको हिरासतमा राखिएको अवस्थाबीच तीनै जनालाई बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसपछि सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तान र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो । तर आदेशमा रिहा भएलगत्तै गेटबाहिर तैनाथ प्रहरीको टोलीले उनीहरुलाई गिरफ्तार गरेको हो । उनीहरु सबैलाई टेकु लगिएको बुझिएको छ ।

तीनै जनाको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट उब्जन पुनले भदौ २२ मा दर्ता गरेका थिए । गत बैशाख २६ मा कास्कीको उरी गाउँपालिका वडा नम्बर ११ बाट बैठक बसिरहेको अवस्थामा प्रहरीले घेरा हाली उनीहरुलगायत २२ जनालाई गिरफ्तार गरेको थियो ।

अदालतको आदेशमा केहि रिहा भएपनि राई, भण्डारी र गुरुङलाई भने विभिन्न आरोपमा आधा दर्जन जिल्ला घुमाइसकेका छन् ।

कास्की, तनहुँ, स्याङजा, गोरखालगायत जिल्ला पुर्याएर मुद्दा चलाइसकेका छन् । अधिकांश मुद्दामा उनीहरु निर्दोष ठहर भएका छन् । योपटक गोरखा पुर्याएर संगठित अपराध र आगजनीको अभियोग लगाइएको थियो ।

तर सर्वोच्च अदालतले उनीहरुमाथिको अभियोग पुष्टि हुने आधार र प्रमाण नदेखिएको भन्दै रिहा गर्न आदेश दिएको थियो ।

२ आश्विन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको