प्रेम सञ्जेलमाथि अख्तियारले काटेको पत्र ‘रहस्यमय’


बैशाख ६, काठमाडौं । लेखापरीक्षणबाट टुंगिसकेको विषयलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरका कार्यरत उपसचिव प्रेमप्रसाद सञ्जेललाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ ।

कार्यालयमै उपस्थित नभएको अवस्थामा आधारभूत तलबबाहेक विभिन्न भत्ता लिएको आरोपमा अख्तियारले छानबिनका लागि उनलाई पत्र काटेको हो ।

‘यहाँको सबै विषयबस्तुबारे अवगत छु, यसखालको गतिविधिले व्यक्रिमाथि आतंक सिर्जना गर्नेकाम भयो’ अख्तियार स्रोतले भन्यो, ‘सञ्जेलमाथि काटिएको पत्रमा विभिन्न कोणबाट प्रश्न उठाउने ठाउँ छ । अख्तियारले लोकमानकै शैलीमा काम गर्न खोजेको हो कि भन्ने देखिँदै छ ।’

सञ्जेलमाथि परेको उजुरीको विषयवस्तु दुई वर्ष पहिलेको हो । जसलाई दुई पटक महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण गरी टुंग्याइसकेको छ । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

६ बैशाख २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको