‘छोरी जन्मिदा बेखुसी हुने आमाहरु’


रमाकान्त बास्तोला । सामाजिक चरित्रले देशका छोरीहरु प्रति बुझ्ने गलत दृष्टिकोणका कारण उनीहरु हिंसाको सिकार बनिरहेका छन् । हाम्रो समाज कुन रुपमा ? कस्तो संस्कृतिमा ? अगाडि जाँदैछ भन्ने पनि हर कोहीलाई सजिलै थाहा छ तर यसको बस्तुगत कारण धेरैले स्वीकार गर्न सक्दैन् ।

कारण समाजमा लिंगीय विभेद ज्युँदै छ । यस्ता विभेदकारी केहि तिता अनुभव मैले पनि भोग्नु पर्यो ।

मेरी जिबन संगिनी जसले सन्तानलाइ नौ महिना सम्म कोखमा राखेर, प्रसव पीडाको बिचमा छोरीको जन्मदिने अन्तिम घडीसम्म मानब जातिको बिषयमा चर्चा चल्यो । आमाको नौ महिनाको पिडा र जन्म दिंदाको प्रसव पिडाको चर्चा न्यून छ तर एउटा जन्म लिने नवमानवको लिङ्ग बारे चर्चाको बिषय बन्यो ।

प्रसव पिडाबाट धर्तीमा उदयहुने नव मानव पुरुष हुने वा छोरी ! अर्थात बलवान छोरा हुन्छन वा निरिह छोरी ! अर्थात अपुताली राखिदिने महापुरुष आउने छन् वा अपुताली हरण गर्ने छोरी आउने छिन !

यिनै हुन् हाम्रा समाजमा चेष्टा हुने असमानताका तरंगहरु ।

जब म आफ्नै घरको सोंच भित्र पसे, त्यहाँ मैले छोरी माथिको बिभेद देखें । जब म समाज र आफन्तका सोंचहरु नियाले, त्यहाँ छोरी प्रतीको बिभेद भेटाए । जब म हस्पिटल बसें, त्यहाँ हर महिला/पुरूष छोरी भन्दा छोराकै चाहामा वा पर्खाइमा बसेको भेटे ।

यिनै सोंचहरुमा जन्मदिने आमाहरु नै अधिक थिए, जसले आफ्नै जाति र बर्ण मिल्ने छोरीलाइ नै चाहादैनथे ।

आखिर एक सृष्टिकर्ता नारीप्रति यस्तो विभेद र भिन्नता किन ? छोरी जन्मदा आमाहरु नै असन्तुष्ट किन ? यस्ता तमाम प्रश्नले उब्जाएका केहि कारणहरु छन् ।

कारण १. -धर्म

समाजमा हुने छोरीमाथिको बिभेदको प्रमुख कारण धर्म हो । विद्वान माक्सका अनुसार धर्म अफीम हो । अफीम एक प्रकारको बिष हो । ढुङ्गे युग, दास युग हुँदै आजको युगसम्म आईपुग्दा लिंगीय विभेद जन्म भयो । धर्मले समाजलाई अन्धो बनाएर डरत्रास र अदृश्य आशाहरुमा अल्झाएर महिलाहरुलाइ दासी बनायो ।

शिब पाउन तपस्या गर्ने पार्वतीहरु जन्माइयो पार्वती पाउन तपस्या गर्ने शिबहरु कहिँ कतै भेटिएनन । श्रीमान मर्दा सति जाने महिलाहरु धर्मका उपज हुन् । हरण भएकी सिता धर्तीमा भासिनु पर्ने धार्मिक युग महिलाहरुको सिकार गर्यो । पति ब्रतका लागि स्वस्थानी कथा पाउने धर्मले आजको युगमा दासी बनाइ रहेको छ । जुन आजको युगमा छोरीहरुमाथि गरिने विभेदको उपज हो ।

धर्मले महिला माथि मात्र होइन समाजका अधिकांश उत्पीडितहरुमाथि आफ्नो कब्जामा पार्न कहीं कतै बाँकी राखेन । पुरातनवादी सोंच जब सम्म हामी बोकेर हिन्छौ तब बिभेद सँगै हुन्छ । त्यसैले महिला माथि हुने बिभेदको मुख्य कारण धर्म हो ।

कारण २, -शिक्षा

अशिक्षित मानिसका सोंचहरुले परम्परावाद भित्र अधिकतम रुमलिन चाहन्छन, कारण उनका चेतनाहरु खुल्ला हुँदैनन् । मानिसको जीवनलाइ सहज वा असहज, बिकास तथा बिनास शिक्षाका कारण हुन्छन । आजभोली शिक्षामा देखिएका बिकृतिहरुले पनि छोरी माथि हुने बिभेदमा महत्वपूर्ण भूमिका बाधेको हुन्छ ।

शिक्षा प्रणालीले गर्दा छोरा र छोरीमाथि अनेक खालका खांडलहरु खनिरहेको हुन्छ । जब शिक्षामा छोरा र छोरि बीच भिन्नता देखाइन्छ, शिक्षा ब्यवहारिक नभई बुर्जुवा बन्न जान्छ तब यही शिक्षाले बिभेदकारी भूमिका निर्वाह गरेको हुन्छ । जबसम्म महिला हिंसा रोक्न शिक्षा र चेतनाको बिकास गरिदैन तबसम्म समाज र देशमा महिला बिभेद उच्च हुँदै जान्छ ।

समाजमा महिला माथि घट्ने छाऊपढ़ी, दाइजो, बलात्कार, बोक्सी आरोप, जस्ता घटनाहरु चेतना र शिक्षा तीब्र नहुँदा अशिक्षित बर्ग जहिले कमजोर बनने गर्दछन र बिभेदको शिकार बन्न पुग्छन । शिक्षामा पश्चिमी मौलिकता हावी हुनु, निजिकरण गरिनुले पनि यस्ता बिभेदको भूमिका उच्च हुन्छ त्यसैले यस्ता हिंसा निरुत्साहित र निषेधका लागि शिक्षा अनिवार्य तत्व हो ।

कारण ३, संघ संस्था

बदलिदो समाजमा आजभोली बिभिन्न महिला हिंसा बिरोधी संघ सस्थाहरु च्याउ सरि उम्रीरहेका छन् । तर यस्ता संघ संस्था द्वारा नै चरम शोषण भएको देख्न सकिन्छ । NGO / INGO जस्ता बिदेशी खोल ओडेका डलरवादी संस्थाहरुले जब देशमा प्रभुत्व जमाउन पुग्यो तबदेखि छोरिमाथि बिभेद उच्च बन्दै गयो ।

महिलाका कार्यक्रममा पुरूषहरु बढ़ी देखिन थाले । महिला नै डलरको खेलमा फस्दै महिला द्वारा नै महिलाको हक अधिकार खोसिन थालियो । र अन्तमा महिला मुत्ति र छोरि माथिको बिभेद विरुध्द उभिने परिवर्तनगामी समूह एक उत्खलित रुपमा बिलिन हुदै गए, जसको असर समाजमा प्रत्यक्ष देखा परीरहेको छ ।

बिदेशी प्रभुत्व तल्लो स्तरमा मात्र होइन यसको मुख्य जड़ राज्य संयन्त्र र राज्यको सिस्टम सँग जोडिएको हुँदा यस्ता तत्वलाई निषेध र निरुत्साहित पार्न बिदेशी डलरवादी संघ संस्था ख़ारेजी गर्दै छोरि माथि हुने बिभेदको न्यूनीकरणमा ध्यान दिन आजको आबश्यकता को जसको कारण आज देखी कुनै पनि बिभेद नभई छोरा छोरि समान भन्ने धारणा ब्यत्त होस ।

६ बैशाख २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको