यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय [सुचीसहित]


बैशाख ५, काठमाडौँ । मन्त्रिपरिषदले सरकारका सचिवहरुको बढुवा तथा पदस्थापन गरेको छ ।

चैत २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवाको समुहीकरण (क्ल्स्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणिको पदमा राजपत्राङकीत प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरेको हो ।

उनलाई बढुवासँगै पोखरास्थित गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिवका रुपमा पदस्थापन गरेको छ । त्यस्तै सरकारले सचिव केवल भण्डारीलाई कर्णली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिवमा पदास्थपन गरेको छ ।

मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पदस्थापन गरेको छ भने कर्णाली प्रदेशको मुख्यमनत्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ ।

प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालका प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र महानगरका यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयको सचिवको जिम्मेवारी दिएको छ ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई कायममुकायम गरी प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

त्यस्तै अतिरिक्त समुहमा सचिव रहेका हरि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा र राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदस्थापन गरिएको छ ।

यस्ता छन् मन्त्रिपरिषदका थप निर्णय

५ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको