सभामुख महराको सरकारलाई बिशेष अनुरोध: ‘घाइतेको उपचारमा कमि हुन नदिनु’


असार ३०, काठमान्डौ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधन क्षतिप्रति सभामुख कृष्ण बहादुर महराले दुख व्यक्त गरेका छन् । आजै एक प्रेस बिज्ञप्ति जारिगरि प्राकृतिक विपदका कारण निधन भएकाहरु प्रति श्रदान्जली व्यक्तगर्दै आफन्तजन प्रति समबेदना प्रकट गरेका छन् ।

बाढी पहिरो र डुबानका कारण घाइते भएकाहरुको उपचारमा कुनै कमि हुन् नदिन सरकार संग बिशेष अनुरोध गरेका छन् ।

प्राकृतिक विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार एवं राहत कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दिर्घकालीनका योजना बनाई व्यवहारिक रुपमै लागू गर्न सभामुख महराले सरकारको विशेष ध्यानाकर्षण गराएका छन् ।

साथै आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, सामाजिक संघ संस्था÷अभियन्ताहरु, राजनीतिक दल तथा सर्वसाधारण सबैमा अनुरोध समेत गरेका छन् ।

यस्तो छ प्रेस बक्तब्यको पूर्ण पाठ:

प्रेस वक्तव्य

केही दिनयता जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधन क्षतिको घटनाले मलाई निकै मर्माहत र स्तब्ध बनाएको छ । अकल्पनीय र यस दुःखद प्राकृतिक विपद्का कारण निधन हुनुभएकाहरुप्रति म भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

प्राकृतिक विपद्मा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग विशेष अनुरोध गर्दछु । साथै विनासकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुनस्र्थापना एवं राहतका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुसँग हार्दिक अपील गर्दछु ।

संघीय संसद प्रतिनिधि सभाका माननीय सदस्यहरुलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितहरुको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु । साथै आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न म संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, सामाजिक संघ संस्था÷अभियन्ताहरु, राजनीतिक दल तथा सर्वसाधारण सबैमा हार्दिक अनुरोध गर्दछु ।

यस्ता प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार एवं राहत कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दिर्घकालीनका योजना बनाई व्यवहारिक रुपमै लागू गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । वर्षायाममा हुन सक्ने सम्भावित विपत्तिबाट जोगिनका लागि सर्तक रहन म सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अपील गर्दछु ।

३० असार, २०७६
कृष्ण बहादुर महरा
सभामुख

३० असार २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको