रोल्पाका बोनम्यारो पिडित रोकालाई प्रबासबाट आर्थिक सहयोग, उपचार रकम अझै अपुग


जेष्ठ ३०, काठमान्डौ । रोल्पाको परिवर्तन गाउपालिका -१ का बोन म्यारो पिडित शुरेस कुमार रोकालाई भारतमा कामगर्ने नेपालीहरुले उपाचारका लागि आर्थिक सहयोग गरेका छन् । रोजगारको शिलशिलामा भारतको सोलेटान्चे वर्ची कम्पनिमा कार्यरत दिपक बुढा मगर, कृष्ण रोका मगर र भिम अधिकारिको पहलमा २ लाख १६ हजार ३ सय ५८ र अन्य सहयोगी दाताहरुबाट १५ हजार ५ गरि जम्मा २ लाख ३१ हजार ३ सय ६३ सहयोग उठेको हो ।

उठेको सहयोग रकम पिडित रोकाको आमालाई कुरेली गेष्ट हाउस काठमाण्डौमा हस्तान्तरण गरेको अभियान संयोजक शेर बहादुर रोका ‘सुरेश’ले बताए ।

बोन म्यारो पिडित शुरेश रोकाको हाल नेपाल क्यान्सर अस्पताल रिसर्च सेन्टर हरिसिद्दि ललितपुरमा उपचार भैरहेको छ । रोकालाई रक्त अल्पताको रोगले ग्रसित भएपछी २०७६ बैशाख देखि उपचार गराउदै आएका छन् ।

हाल सम्म उनको उपचारमा ५ लाख भन्दा धेरै खर्च भैसकेको र अझै १५ लाख भन्दा धेरै रकम लाग्ने डाक्टरहरुको भनाइ रहेको सहयोग अभियानका संयोजक शेर बहादुर रोकाले बताएका छन् ।

अझै सहयोग रकम अपुग भएकोले पिडित परिवारले दाताहरुलाई सहयोग गरिदिन याचना गरेका छन् ।

३० जेष्ठ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको