प्रधानमन्त्री ओली भियतनामबाट कम्बोडिया प्रस्थान


बैशाख ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण पूरा गरेर आज (सोमबार) बिहान कम्बोडिया प्रस्थान गरेका छन।

फाइल तस्बिर 

भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा २६ वैशामा ओली भियतनाम गएका थिए ।

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत – नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका छन्।

ओलीले आफ्नो भियतनाम भ्रमण अत्यन्तै सफल र फलदायी रहेको बताएका छन्।

‘११२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र त्यसको सान्दर्भिकताको विषयमा विश्व समुदायलाई जानकारी दिने अवसर प्राप्त भयो,’ ओलीले भने, ‘यसले नेपाल र भियतनामबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ।’

भियतनामसँगैका सम्झौता छिट्टै कार्यान्वयनमा आउँने ओलीले बताए। ‘यसका लागि परराष्ट्र सचिवस्तरको संयन्त्र बनेको छ। यसले आजबाटै काम शुरु गरेको छ।’

३० बैशाख २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको