तुलसीपुरको मदनआश्रीत चोकमा संकास्पद बस्तु भेटियो


फागुन १, दाङ । दाङको तुलसीपुरस्थित मदन आश्रित चोकमा शंकास्पद बस्तु भेटिएपछि आसपासको क्षेत्र तनावग्रस्त बनेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आज(बुधबार) साँझ पौने ६ बजेतिर संकास्पद बस्तु भेटिएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार एउटा संकास्पद झोला फेला परेको छ ।

उक्त झोलामा भएको बस्तु केहो भन्ने बारेमा सेनाको टोली आएर पहिचान गर्ने उनले बताए ।‘ हामीले सेनालाई खबर गरेका छौं, एकै छिनमा सेनाको टोली आउछ’ उनले भने‘ सेनाको टोली आयो भने झोलामा भएको सामानको पहिचान गर्छ ।’

१ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको