आफैंले नेतृत्व गरेको नेकपा अवैधजस्तो लागेको छ: प्रचण्ड


पुस २९, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैंले नेतृत्व गरेको पार्टी अहिले अवैधजस्तो भएको बताएका छन्।

उपन्यासकार भगवती ढुंगेलको पुस्तक शनिबार विमोचन गर्दै उनले सबै राजनीतिक दलले हरेक कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनु पर्ने भए पनि आफ्नो पार्टीले अहिले नसकेकोमा पार्टी नै अवैधजस्तो भएको बताएका हुन्। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

उनले निर्वाचन आयोगमा आगामी महाधिवेशनबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएको र पुर्‍याउने दृढता पनि जनाए। ‘हाम्रो पार्टी अहिले अवैधजस्तो भएको छ।

हामीले निर्वाचन आयोगमा ३३ प्रतिशत पुर्‍याउँछौं भनेका छौं। आगामी अधिवेशनबाट ३३ प्रतिशत प्रतिनिधित्व पर्‍ुयाउँछौं’, उनले भने। महिला प्रतिनिधित्व आन्दोलनका कारण स्थापित भएको दाहालको भनाइ थियो।

‘बिग फाइभमध्ये बिग थ्री’ महिला त्यसै भएको होइन, यसमा राजनीतिक आन्दोलनको ठूलो योगदान छ। राज्यका सबै तहमा महिलाको बलियो प्रतिनिधित्व भएको छ। संघीय, प्रादेशिक र स्थानीय तहमा महिलाको महत्वपूर्ण सहभागिता छ’, उनले भने।

उनले नेता आफैं नजन्मिने भन्दै विभिन्न ठक्कर र अग्निपरीक्षाबाट नै जन्मिने बताए। ‘पार्टी र नेता जनताले तयार पार्छ। जनताले धेरै ठक्कर दिएपछि, अग्निपरीक्षामा हालेर नेता जन्माउँछ’, उनले भने, ‘नेताले जीवन र जनताका विभिन्न उतारचढाव भोग्छ। उसले आफूभित्रबाट र अझ आफूमध्येबाटै नेता बनाउँछ। साहित्यकार र राजनीतिज्ञ पनि त्यसरी नै जन्मिन्छ।’

२९ पुष २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको