काठमाडौँ आईपुगे चिनियाँ राष्ट्रपति


असोज २५, काठमाडौँ । दुई दिने औपचारिक भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल आइपुगेका छन् ।

भारतको चेन्नाईबाट विशेष विमानमार्फत सी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी चिनियाँ एयरजेजको CCA057 जहाजमा नेपाल आइपुगेका हुन् ।

राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार साँझ ४ बजेर १० मिनेट जाँदा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

राष्ट्रपति सीलाई विमानस्थलमा समकक्षी विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । उनलाई विमानस्थलमै गार्ड अफ अनर दिइने छ ।

चीनका तर्फबाट यो २३ वर्षपछि भएको शीर्ष नेतृत्वको भ्रमण हो। यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए।

यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका

शनिबार

अपराह्न ४:३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
साँझ ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता
साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना

आइतबार

बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर
दिउँसो १२ः३० बजे स्वदेश फिर्ता

२५ आश्विन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको