महेन्द्रनगरमा विप्लव निकट विद्यार्थीको प्रदर्शन


कात्तिक २४, कञ्चनपुर । भारतले गत साता सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रतिवन्धित नेकपा निकट विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

अखिल (क्रान्तिकार

नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल (क्रान्तिकारी) सेती महाकाली समन्वय समितिले भारतको पछिल्लो कदमका विरुद्ध सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।

अखिल (क्रान्तिकारी)ले सिद्धनाथ विज्ञान क्याम्पस, स्थानीय ट्राफिक चोक र जिल्ला प्रहरी कार्यालय छेउबाट छुट्टाछुट्टै र्याली निकालेको थियो । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आप्mनो नयाँ नक्सामा समावेश गरेको विरोधमा निकालिएका तीन वटै र्याली मदन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बबरजंग सिंह र कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले सम्बोधन गरेका थिए । प्रदर्शनको नेतृत्व अखिल क्रान्तिकारीका क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र शाहले गरेका थिए ।

२४ कार्तिक २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको