उप-निर्वाचनका लागि दाङमा ३४ मतदानस्थल तय


साउन २५, दाङ । दाङमा हुने उप-निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप-महानगरपालिका-१६ मा उप-निर्वाचन हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार घोराही उप-महानगरपालिका-१६ मा दुई मतदानस्थल रहनेछन् । त्यस्तै दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ मा ३२ मतदानस्थल रहने छन् ।

तुलसीपुर उप-महानगरपालिकाको वडा नं। १, २, १० र ११ मा ५ वटा, बबई गाउँपालिाकामा १०, दङ्गीशरण गाउँपालिकामा ८ तथा शान्तिनगर गाउँपालिमा नौ मतदानस्थल रहने निर्वाचन कार्यालयका निमित्त प्रमुख पदमप्रसाद रेग्मीले जानकारी दिए।

प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा मृत्यु भएको थियो भने वडा नं १६ का अध्यक्ष लक्षिन बुढामगरको जन्डिसका कारण मृत्यु भएको थियो । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते उप-निर्वाचनको मिति तय गरेको छ ।

मतदाता थपिए

दाङमा डेढ वर्षयता १७ हजार२१० मतदाता थपिएका छन् । विसं २०७४ मङ्सिरमा भएको संघीय र प्रदेशको निर्वाचनमा ३ लाख ४५ हजार ६ सय ३३ मतदाता थिए । हाल ३ लाख ६२ हजार ९ सय ४२ मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

अहिले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन तुलसीपुर र लमहीबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी शुरु भएको छ । तत्कालका लागि मतदाता नामावली सङ्कलनको काम भइरहेको र अन्य काम केन्द्रको निर्देशनअनुसार हुने कार्यालयका निमित्त प्रमुख रेग्मीले जानकारी दिए ।

२५ श्रावण २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको