रोजगारको सिलसिलामा मलेसियामा मृत्यु भएका पुनलाई आर्थिक सहयोग


चोम बिष्ट/पुस २६, रोल्पा । मलेसियामा मृत्युु भएका रोल्पा अरेसका नर बहादुर पुन ‘रमेश’को शब नेपाल ल्याएको छ । मलेसियामा रहेका रोल्पाली, गैररोल्पालीहरु र अन्तर्राष्ट्रिय रोल्पाली सेवा सामाजको पहलमा मलेसियामा रहेका रोल्पाली तथा गैर रोल्पालीहरुले मृतक पुनको शब नेपाल ल्याउन आर्थिक सहयोग जुटाएका थिए ।

रोजगारको शिलशिलामा मलेसिया गएका रोल्पाका पुनको अस्पताल खर्च कम्पनीलाई बुझाउनु पर्ने भएपछी मलेेसियामा कार्यरत नेपालिहरु मिलेर आर्थिक संकलन गरि ३ हजार ८ सय ४६ हस्तान्तरण गरिएको जनाइएको छ ।

सहयोग संकलनमा मुख्य भुमिकामा गङ्गा थापा, सन्दीप घर्ती मगर, अमर चन्द, नबराज घिमिरे, बब्लु बिष्ट, सन्जय यादब, सन्जय श्रेष्ठ, कुमार मगर, बिनोद चाई, सन्तोस शाह, सुबास श्रेष्ठ, चन्द्र यादब, मनोज बागदास, अनोज बागदास कपिल खत्री, सन्जु रोका, बुनेशराम, यामराज लगाएतले सहयोग गरेका थिए ।

यश कार्यलाई सफल बनाउन पहल गर्ने अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज र सहयोगी दाताहरुलाई मृतक परिवारले विशेष धन्यवाद समेत दिएका छन ।

२६ पुष २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको