विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण अपरिहार्य: राष्ट्रपति भण्डारी


जेठ २६, काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’को साझा राष्ट्रिय संकल्पलाई पूरा गर्न विश्वविद्यालयहरु सम्बाहक शक्तिको रुपमा उदाउनुपर्ने बताएक छिन्।

राष्ट्रपति भण्डारीले अन्य मुलुकमा विश्वविद्यालयहरुले देशको समृद्धिको लागि दिएको योगदानबाट सिकेर नेपालका विश्वविद्यालयहरु अघि बढनुपर्ने पनि स्पष्ट पारिन्।

आइतबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलनलाई राष्ट्रपति भवन शीतल निवासमा उद्घाटन गर्दै उनले उच्च शिक्षालाई समय सापेक्ष र जनमुखी बनाउन विद्यालयहरु अग्रसर हुनुपर्ने पनि स्मरण गराइन्।

राष्ट्रपति भण्डारीले सो सम्मेलनले नेपालमा गुणस्तरीय र जनमुखी शिक्षाको प्रवद्र्धनमा सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरिन्। उनले विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण अपरिहार्य रहेको उल्लेख गर्दै विश्वविद्यालय शिक्षाले उत्पादन र उत्पादकत्व वृद्धिमा टेवा पु¥याउनुपर्ने आवश्यक्ता पनि औंल्याइन्।

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपकूलपति डा. तीर्थराज खनियाले विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न सो सम्मेलन आयोजना गरिएको स्पष्ट पारिन्।

दुई दिनसम्म चल्ने सम्मेलनमा अमेरिका, बेलायत, जापान, फिन्ल्यान्ड, भारत, सिंगापुर र नेपालका ख्याती प्राप्त प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।

सम्मेलनबाट आर्जित ज्ञान र अनुभवबाट त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार आउने अपेक्षा गरिएको पनि त्रिभुवन विश्वविद्यालयका उपकूलपति खनियाले बताए।

२६ जेष्ठ २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको