महिलाहरु आफूभित्रको रुढिबादी सोचका बिरुद्द संघर्ष गरौ


सम्झना पौडेल । नेपाली महिलाहरु अहिले पनि हिंसा, असमानता, अन्याय र अत्याचारको जालोबाट बाहिर निस्किसकेका छैनन् । उनीहरु श्रीमानले श्रीमती, सासुले वुहारी माथि गरिने सयौं हिंसाका घटनाहरु गुम्सिएर बसेका छन ।

ग्रामीण भेगमा अहिले पनि महिलाहरुलाई बोक्सीको आरोप लगाई मलमुत्र खुवाउने जस्ता घृणित अमानवीय कुकार्यहरु भईरहेका छन । महिलालाई छोरा नपाए समाजले राम्रो नमान्ने र लोग्नेले जसरी भएपनि श्रीमतीलाई छोरो जन्माउन मानसिक तथा शारिरीक यातना दिने र परीआएको खण्डमा अर्की श्रीमतीलाई घरमा भित्र्याउने गरिरहेका छन ।

यतिसम्म की श्रीमतीहरुलाई श्रीमानले जवरजस्ती भ्रुण पहिचान गरेर छोरी भए गर्भपतन गर्ने र छोराभए जन्माउन भनिरहेका छन । शरिरमा तेजाव छर्ने अर्थात पेट्रोल, मट्टीतेल छर्कि आगो लगाउने समेतका कामहरु हाम्रो समाजमा अझै पनि विद्यामान छन ।

अझै नेपालको हुम्ला जिल्लामा त श्रीमानका सवै भाईलाई महिलाले लोग्ने मान्नुपर्ने कुसंस्कार कायमै छ । एउटाको श्रीमती हुने गरेको विश्व संसारमा जगतमा यो कस्तो अच्चमित कुरा घरका सवै दाजुभाईहरुको श्रीमती हुनु पर्ने ? र यो कुसंस्कार प्रथालाई रोक्न अहिलेसम्मका कुनै पनि सरकाले वा कुनै पनि संघसंस्थाले प्रयत्न समेत गरेको देखिदैन ।

सुदुरपश्चिममा छाउपडी प्रथा अति विकराल बनेको छ । महिला अधिकारको वकालत गर्नेहरु मुखमा दही जमाएर बस्ने गरेका छन । अवका दिनहरुमा यस्तो भयो भने महिलाहरुले आफ्नो मुक्तिका लागि संघर्ष गर्ने सिलसिलामा स्वयं आफुभित्र भएका रुढिवादी र प्रतिक्रियावादी सोचाईहरुबाट पनि मुक्तिका लागि संघर्ष गुर्न पर्ने आवश्यक छ । महिलाहरुलाई सन्तान उत्पादनको एउटा कारखाना नसम्झेर समान दृष्टिले हेर्न आवश्यक छ ।

२३ फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको