एनसेलले कर नतिर्ने फैसला गरेको भन्दै रोल्पा र सल्यानमा न्यायधिशको पुत्ला दहन


भदौ १८, रोल्पा । एनसेलले कर तिर्नु नपर्ने फैसला गरेपछि नेत्रबिक्रम चन्द ‘विप्लब’को नेकपाले देशभरी विभिन्न संघर्षका कार्यक्रमहरु लागु गरेको छ । यसै शिलशिलामा नेकपा रोल्पाको गंगादेव गाउँपालिका -३ र सल्यानको बाग्चौर नगरपालिका-३ को सिमानामा पर्ने पोखरी डाँडामा एनसेलका पक्षमा फैसला गर्ने न्यायधिसहरुको पुत्ला दहन भएको छ ।

नेकपाको केन्द्रिय निर्णय अनुसार एनसेल बहिस्कार अभियान अन्तर्गत भदौ १७ गते न्यायधिसहरुको पुत्ला दहन भएको नेकपा रोल्पाले जनाएको छ ।

रोल्पा र सल्यानको सिमानामा रहेको पोखरी डाँडामा संयुक्त पुत्ला जलाउने कार्यक्रमलाई स्थानीय नेता प्रकाश र निशानले सम्बोधन गरेको नेकपाले जनाएको छ ।

प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाउँदै भदौ १० गते सर्वोच्च अदालतले एनसेलले साढे १८ अरब तिर्न नपर्ने अत्यन्त विवादास्पद राष्ट्रघाति निर्णय गरेको भन्दै विप्लब नेकपाले देशैभरि संघर्षका कार्यक्रम लागु गरेको हो ।

यसरी भदौ १७ गते न्यायधिसहरुको पुत्ला दहन, भदौ १९ गते देशभरी मशाल जुलुस, भदौ २१ गते एनसेलका कार्यालयहरुमा विरोध प्रर्दशन, भदौ २३ गते एनसेल कार्यालयहरुमा तालाबन्दी र भदौ २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो दल्नेसहितको कार्यक्रमहरु नेकपाले घोषणा गरेको छ ।

एनसेल कर साढे १८ अरब तिर्न नपर्ने निर्णय गरेपछि विप्लब नेतृत्वको नेकपाले नमान्ने बताएको थियो । संसदवादी पार्टीहरु नेकपा (एमालेमाके), काँग्रेस, समाजवादी पार्टीहरु उक्त निर्णयको बिरुद्दमा नबोलेकोले यस्तो राष्ट्रघाती निर्णयमा उनीहरुको पनि हात रहेको नेकपाले आरोप लगाएको छ ।

विप्लबले यस अघि बिज्ञप्ति जारिगरि एनसेलको पक्षमा भएको फैसला मान्य नहुने भन्दै भदौ १७ गते देखि २६ गते सम्म आफ्ना संघर्षका कार्यक्रमहरु लागु गरेको छ । न्यायधिसहरुको फैसला खारेज गर्न चेतावनी समेत दिएको छ ।

एनटिसी चलिरहेको अवस्थामा एनसेल हाम्रो बाध्यताको ब्यापार होइन तसर्थ सबै देशभक्त नागरिकहरुलाई एनसेललाई बहिस्कार गर्नेबारे सोच्न विप्लबले आम नागरिकलाई अपिल गरेका थिए । साथै एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नका लागि जनताहरु उठ्न समेत विप्लबले आग्रह गरेका थिए ।

१८ भाद्र २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको