विप्लवका दुई कार्यकर्ता तनहुँबाट पक्राउ


साउन १८, दमौली । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुईजना कार्यकर्ता पक्राउ परेका छन् । बिहिबार राति घिरिङमा एनसेलको टावरमा आगजनी गरेको भोलिपल्टै शुक्रबार राति विप्लवका कार्यकर्ता पक्राउ परेका हुन् ।

आँबुखैरेनी–३ बाट जिल्ला कमिटी सदस्य गणेश थापा क्षेत्री र घिरिङ–२ बाट एरिया कमिटी सदस्य धनबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँ प्रहरीले हालसम्म विप्लवका झण्डै एक दर्जन नेता कार्यकर्तालाई पक्राउ गरिसकेको छ । पछिल्लो समय तनहुँमा पनि विप्लवका कार्यकर्तामाथि प्रहरीले निगरानी बढाएको छ ।

नेकपाले भने शान्तिपूर्ण रुपमा बसिरहेका बेला नेता कार्यकर्तालाई पक्राउ गर्ने गरेको जिकिर गरेको छ । पार्टीका जिल्ला ईन्चार्ज पूर्णजीत पुनले आफ्ना कार्यकर्तालाई फसाउन गलत आरोपमा पक्रने काम भइरहेको बताए ।

१८ श्रावण २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको