मङ्सिर १५, बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-१ मा नेकपाका उम्मेद्वारले जित हात पारेका छन्। नेकपाका मनराजे बुढा ३६७ मत पाएर वडा अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र चदाराले ३४७ मत पाए ।
उपनिर्वाचनमा नेकपाका मनराजे बुढा ३६७ मत, नेपाली कांग्रेसका खगेन्द्र चदारा ३४७ मत, राप्रपाका मीन ढोली २ मत र बदर भएका मत ११ वटा हुन् ।
बाजुराको त्रिवेणी नगरपालिका-१ छताराको मतदाता संख्या १०३९ मध्ये ७२७ मत खसेको हो ।
प्रतिक्रिया दिनुहोस