मौलिकता जोगाउन रोल्पाको झ्याममा तिज विषेश कार्यक्रम


भाद्र १५, सल्यान । मौलिक गीत संगीतको जगेर्ना गर्ने उदेश्यले रोल्पा गंगादेव गाउँपालिका ३ झ्याम बजारमा तिज विषेश कार्यक्रम सुरु भएको छ । सल्यान सँग सिमाना जोडिएको झ्याममा आज आइतबार देखि सुरु भएको कार्यक्रम भोली सोमबार समापन हुनेछ ।

तिज विषेश कार्यक्रमको लागी झ्याम आसपासका महिला समुह र विद्यालयहरुले सहभागीता जनाएका छन् । झ्याम बजार व्यवस्थापन समितीको आयोजनामा भएको कार्यक्रममा ४ वटा आमा समुह र २ वटा विद्यालयले सहभागीता जनाएका छन् । जसलाई बजार समितीले एक एक हजार रुपैया पुरस्कारको पनि व्यवस्था गरेको छ ।

कार्यक्रममा गंगादेव ३ मा पर्ने कुकुरगारे, बडाढुंगा र झ्यामका आमा समुह र खगेन्द्र प्रावि झ्यामको सहभागीता रहेको त्यहाँबाट टीकाराम ओलीले जानकारी दिए । त्यसैगरी सल्यान छत्रेश्वरी २ बुँरासेको जनता मावि र त्यहाँको आमा समुहले पनि कार्यक्रममा सहभागीता जनाएका छन् ।

भोली तिजको दिन विषेश संगीतिक प्रस्तुती हुने र सबैको प्रस्तुती सल्यान र रोल्पालाई झल्काउने मौलिक खालको हुने उनले बताए । कार्यक्रममा सहभागीता जनाउन पनि उनले सबैलाई आग्रह गरेका छन् ।

 

१५ भाद्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको