आईजीपी खनाललाई प्रश्न: निर्मलाको हत्या भएको ५ महिना पुग्यो, हत्यारो कहिले भेटिन्छ ?


नकुल चौलागाईं । कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज ५ महिना पुरा भैसकेको छ । यतिका महिनाहरु बितिसक्दा समेत निर्मलाको हत्यारो पत्ता लागेन ।

राष्ट्रको संरक्षक नेपाल प्रहरी यतिबेला निर्मला हत्या काण्ड अनुसन्धानमा नराम्रो संग चुकेको देखिन्छ । यसकारण पनि देशको सुरक्षा संयन्त्र माथि ठुलो संका उब्जिएको छ ।

नागरिकको जिउ धनको सुरक्षा दिन्छु भन्ने सरकारले अहिलेसम्म निर्मलाको हत्यारालाई दबाउने चेष्टा गरिरहेको छ । यो घटनाको दोषीहरु पत्ता नलाग्नुको हत्यारा लुकाउन नेपाल सरकारको हात रहेको पुष्टि हुन्छ ।

निर्मला पन्तको घटना लुकाउन सुरक्षा निकायको विभिन्न बहानाबाजी हेर्दा प्रहरी संस्था निकम्मा बन्दै गैरहेको छ ।

पछिल्ला घटना र क्रियाकलापहरु हेर्दा प्रहरीले जबर्जस्ति यातनामा नक्कली अभियुक्त खडा गरिदिने र जबर्जस्ति हत्या स्वीकार गर्न लगाउने कार्यले देशको सुरक्षा निकायमाथि थप गम्भीर अविश्वास उत्पन्न भएको छ । उनीहरुलाई चरम यातना दिंदै नक्कली हत्यारो उभ्याएर घटना लुकाउने प्रशासनको हर्कत प्रष्टै देखिन्छ ।

यो देशमा कानुन भए पनि सबै निकाय दलाल राज्यको गोजीमा रहेको बुझ्न सकिन्छ । अझ गृहमन्त्रालयले दुइ अभियुक्तलाइ बर्खास्त गरे पनि घटनालाई सत्य तथ्य छानबिन गर्न गम्भीर नबनेको देखिन्छ । यो निकै दु:खद कुरा हो ।

निर्मला पन्तको बलात्कार पछि भेटिएको उनको शवलाई प्रहरी स्वयंले धोई पखाली गरेको र प्रमाणहरु नष्ट गर्नतिर उन्मुख देखिएको थियो । प्रहरीद्वारा यत्रो गल्ति हुँदाहुँदै उचित कानुनि कारबाही नहुनु अत्यन्त दुखद र लाचार बिषय हो ।

अब हामी नागरिकहरुले देशको सुरक्षा निकाय प्रति कसरि बिश्वास गर्ने ? कि उनीहरुले देशका नागरिकहरुलाई सुरक्षा दिन सक्छन भनेर ?

काभ्रेको कोसिपारी।

१४ पुष २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको