क्रान्तिकारी पत्रकार संगठन दाङद्वारा उपाध्यक्ष र कोषाध्यक्ष निष्कासन (बिज्ञप्ति)


असोज ११, दाङ । विप्लब नेतृत्वको नेकपा निकट क्रान्तिकारी पत्रकार संगठन नेपाल दाङले उपाध्यक्ष सन्तोष गुप्ता र कोषाध्यक्ष बिदुर एमसिलाई कारबाही गरि निष्कासन गरेको छ ।

संगठनको नीति, विधि र पद्दति तथा अनुशासन विपरित चलेको भन्दै उनीहरुलाई कारबाही गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

केन्द्रीय कोषाध्यक्ष एवम् क्रान्तिकारी पत्रकार संगठन नेपाल दाङकि अध्यक्ष जानकी चौधरी द्वारा जारी प्रेस विज्ञप्ति अनुसार संगठनको नाममा बिभिन्न संघ संस्थाको आर्थिक हिनामिना समेत गरेको गम्भीर आरोप सहित साधारण सदस्यमा समेत नरहने गरि निष्कासित गरेको जनाएको छ ।

हेर्नुहोस बिज्ञप्तिको पूर्ण पाठ 

प्रेस विज्ञप्ति ।

क्रान्तिकारी पत्रकार सगँठन नेपाल दाङ जिल्लाका उपाध्यक्ष सन्तोष गुप्ता र कोषाध्यक्ष बिदुर एमसिलाई सगँठनको साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको छ ।

सगँठनको निति,बिधी र पद्धति विपरीत चलेको र सगठँनको अनुशासन विपरीत चलेको,सगँठनको नाममा विभिन्न सघँसस्थाको अार्थिक हिनामिना गरेकोले अाजको मिति बाट साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको जानकारी गरिन्छ ।

जानकि चौधरी,
केन्द्रीय कोषाध्यक्ष एवम् दाङ जिल्ला अध्यक्ष
क्रान्तिकारी पत्रकार सगँठन नेपाल दाङ शाखा

११ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको