के हो जनपक्षीय पत्रकारिता: क्रान्तिकारी पत्रकारहरु जुटे ३ दिने तालिममा [फाेटाे]


मंसिर १०, काठमाडौं । विप्लव नेकपा निकट क्रान्तिकारी पत्रकार संगठन नेपालको ३ दिने पत्रकारिता तालिम काठमाडौंमा शुरु भएको छ । सोमबारदेखि शुरु भएको जनपक्षीय पत्रकार तालिम बुधबार अर्थात मंसिर १२ गते सम्म चल्ने संगठनले जनाएको छ ।

क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रिय समितिको आयोजनामा ३ दिने तालिम हुँदैछ । ३ दिन सम्म चल्ने तालिममा ७ वटै प्रदेशका ७० भन्दा धेरै पत्रकारहरु सहभागी भएको न्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले बताएका छन् ।

पत्रकार तालिममा जनपक्षीय पत्रकारिताबारे प्राबिधिक तालिम सहित विभिन्न विधाहरुमा तालिम दिइने आयोजकले जनाएको छ । देशको पत्रकारिता सिहंदरबारको वरिपरीबाट गरिने दरबारमुखी पत्रकारिता मात्रै भएको भन्दै जनताका वास्तविक समस्यालाई उजागर गर्न जनताको घरदैलोबाट जनपक्षीय पत्रकारिता हुनुपर्ने डुम्रेले बताए ।

तालिमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य एवं पूर्वी कमाण्ड ईन्चार्ज अनिल शर्मा विरहीले गरेका थिए । अनिल शर्मा कार्यक्रमका प्रमुख अथिति रहेका थिए । नेकपाले अधिकार विहीन, उत्पीडित समुदायलाई सदाका लागि मुक्त गर्ने एकीकृत जनक्रान्तिको कार्यदिशा सहित क्रान्ति जारी राखेको शर्माले बताए ।

सोही अनुरुप देशका दुःखी र उत्पीडनमा पारिएका नागरिकको समाचार र उसलाई अधिकार सम्पन्न तुल्याउनेबारे हरपल संचार प्रवाह गर्ने पत्रकारहरुको खाँचो रहेको उनको भनाई थियो ।

कार्यक्रममा संगठनका पूर्व महासचिव एवं नेकपा मोरङ जिल्ला ईन्चार्ज प्रज्वलले जनपक्षीय पत्रकारिताले मात्र जनताको अधिकार र जनताको परिवर्तनको आन्दोलन एकीकृत जनक्रान्तिलाई ठोस सहयोग पुर्याउने बताए । नेकपाले लिएको परिवर्तनको यात्रालाई अब पत्रकारिताको माध्यमकोे साथलिएर मात्र पूरा गर्न सकिने बताउँदै जनताले दुःख पाएका, खान नपाएका र राष्ट्रियता विरुद्धको हरेक षडयन्त्रबारे नागरिकलार्ई मात्र नभई विश्व समुदायलाई सूचना दिने पत्रकार अगाडि आउन अनिवार्य भइसकेको बताए ।

त्यस्तै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले शिक्षा, स्वास्थ्य र मौलिक तथा आधारभूत अधिकारलाई वर्तमान दलाल सत्ताले छिन्दै लगेको बताए । तालिमले शिक्षा र स्वास्थ्य जस्तो नागरिकको मौलिक अधिकारलाई माफिया र व्यापारीको पकड रहेको नीजि क्षेत्रलाई सुम्पेर चरम अन्याय गरेकोले त्यसको भण्डाफोर गरेर सत्ताको अन्यायकारी, दलाली चरित्रबारे सूचना पत्रकारिताको माध्यमबाट नागरिकसम्म पुर्याउनु अहिलेको मुख्य आवश्यकता रहेको बताए ।

कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्षप्रकाश डुम्रेले गरेका थिए भने संचालन महासचिवहिम विष्टले गरेकाथिए । स्वागत मन्तव्य कोषाध्यक्ष जानकी चौधरीले गरेकी थिइन् ।

१० मंसिर २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको