आज संबिधान दिवश । सुशासनको नयाँ नारा बोकेको देशमा भर्भराउँदो कलिलो निर्मला पन्तको जिन्दगीले यसपालीको संबिधान दिवश मनाउन पाएन ।
खैर, आफु जन्मेको देश सजाउने उनको रहर त त्यसै अधुरो रह्यो । जिन्दगीको अन्तिम पल सम्म यहि देशमा बाँचेर मर्ने चाहानालाई टुंग्याइ दिने ५५ दिन अघिको उनको दुश्मन, आज संबिधान दिवश मनाउदा सम्म भेटिएको छैन । कहाँ छ, अत्तोपत्तो सम्म छैन ।
आज काठमाडौंमा नयाँ हजारे राजाहरुले संबिधान दिबश मनाई रहदा निर्मलाको घरमा रुवाबासी छ । भन्नलाई त संबिधान निर्मला जस्तै छोरीहरुका लागि हो भन्थे तर त्यहि संबिधानले निर्मलाका आमाबाबालाई किन धरधरी रुवायो होला ?
सायद यसको उत्तर अब उप्रान्त कतै भेटिने छैन ।
पोहोर साल चुनावको माहोल थियो । निर्मलाका बाबा आमाले न्याय दिने नेतालाई भोट हाल्दा छोरीको भबिस्य हेरे नै फुत्त भोट हालेका थिए । हुन त भोट नहाल्न उर्दी गर्ने आर्कोपक्षहरु पनि थिए । तर पनि छोरीकै भबिस्य देखेर ताखेता गरेरै भोट हाले । आखिर जे-जस्तो गरे सन्तान कै लागि गरे ।
तर बिडम्बना, तिनै भोट लिएकाहरुले आज छोरीको जिन्दगि नै हराउदा न्याय दिएनन । रात नपर्दै दिउसो मै हराएकी छोरीको खोजि गर्न हारगुहार गर्दापनि साथ् दिएनन ।
हामी ज्युदाहरुलाई त थाहा छ, निर्मलाको मृतआत्मालाई पनि अझै याद छ होला, प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुँदा सबै भन्दा पहिले उठान र बखान गरेको एउटा शब्द हो ‘सुशासन’ ।
नागरिकहरुले पनि देशको यहि सुशासन कै लागि भोट खसालेका थिए । फलस्वरुप आज देशमा बहुमत सहितको कम्युनिष्ट सरकार पनि बन्यो ।
कम्युनिष्ट सरकारको सुशासनले अझै सुर कस्न सकेन । बरु निर्मलाको जीवन कहिलै नभेटीने गरि हरायो ।
जन्म दिने आमाबाबाहरु चाहान्छन, देशकी छोरीहरुले निर्मलाको जिबन ग्रहण नगरुन भन्नका खांतिर न्यायको झोली मागेर सडकमा पुगे ।
उनलाई साथ् दिन कंचनपुरबासीहरु एकजुट भए । त्यहि बेला सुशासन बोकेको प्रशासनले ड्याम्म गोलि हानेर लडायो । निर्मलाको न्याय माग्नेहरु निर्मला कै थातथलोमा पुर्यायो, कोहि घाइते भएर अचेत अबस्थामा कोमामा पुगे ।
के यहि थियो त प्रधानमन्त्री केपि ओलिले देखेको देशको सुशासन आयो ?
आफैले भोट दिएर जिताएको सरकारको बहुसंख्यक नागरिकहरु यो कम्युनिष्ट सरकार देखि खुसि हुनुपर्ने हो तर अधिकांस नागरिकहरु दुखि भएका छन् । असन्तुष्टि बनेका छन्, कारण यिनै हुन ।
राजधानीमा सुकिला मुकिला दौरासुरुवाल माथि कालो कोट लगाएका प्रधानमन्त्री केपी ओलीले आफ्ना कार्यकर्ताहरुलाई अरिंगाल बन्न नसकेको भन्दै दुखेसो पोखे बिचरा…।
राज्य प्रति आम नागरिकहरुमा बढेको वितृष्णबाट घबराहट बनेका ओलीले आफ्ना कार्यकर्ताहरुलाई अरिंगालको जस्तो पनि बुद्दी नभएका भन्दै खुबै रिसाए । तर उनले भन्न खोजेको अरिंगालको बुद्दीले निर्मला पन्तको न्यायका लागि नबोल भन्न खोजेको उनका कार्यकर्ताले सहजै बुझे ।
अर्थात निर्मलाहरुको न्यायका निम्ति उनको प्रशासनलाई आलोचना गर्नु गलत भयो रे ! निर्मलाको हत्यारो किन पत्ता लागेन भनेर कुर्लनु मिथ्या लाग्यो रे ! निर्मलाको नक्कली हत्यारोलाई खडा गरेर, नक्कली हत्यारो किन टक्र्याएको भन्दा सरकार प्रति नाजायज आक्रमण भयो रे!
यी सबै कुशासनहरुलाई सहेर बस्ने पशु को होलान र ? त्यो पनि २१औं सताब्धीको सुशासनको युगमा आएर।
निर्मलाको अपराधि नभेटिएको आज ५५ दिन पुग्यो ।
कंचनपुरवासीहरु प्रधानमन्त्रीले चाहेका भेडाको जस्तो बुद्दी भएका अरिंगाल भएको भए, सायद मानसिक सन्तुलन ठिक नभएका स्थानीय दिलिपसिंह विष्ट आज व्यर्थै अपराधि हुने थिए र जेलमा सड्ने थिए ।
धन्य छ कंचनपुरबासीलाई जो अरिंगाल बनेनन् अनि दिलिप बिष्ट निर्दोष साबित भए ।
त्यसकारण अब भन्नै पर्छ, आफ्ना कार्यकर्ताहरु भेडो बनेर अरिंगाल बन भनेर ह्विप जारि गर्ने नेतृत्वको चेतना निरंकुश तानाशाही हो । कार्यकर्ताहरु आफै अरिंगाल बन्न प्रेरित गर्ने चेतना डेमोक्रेटिक हो ।
किन भने हाम्रो देशको सुशासन भित्रको न्याय सत्यको पक्षमा हुन्थ्यो भने, सत्यको पक्षमा कार्यकर्ताहरु स्वतस्फूर्त सचेत अरिंगाल बन्थे ।
अन्तमा, प्रधानमन्त्री ज्यु ! निर्मलाको हत्यारा कहिले सम्म भेटिन्छ ? हत्यारा भेटाउन के अझै आर्को संबिधान दिवश सम्म कुर्नु पर्ने हो ?
प्रतिक्रिया दिनुहोस