दाङमा यात्रुको ३ लाख बसभित्रैबाट गायब भएपछि…


पुस १, दाङ । दाङमा बसमा यात्रा गरिरहेका दुई यात्रुको ३ लाख रुपैयाँ चोरी भएको छ ।

घोराहीबाट कोठरी जाँदै गरेको रा१ख १७२७ नम्बरको बसमा सवार दुई जना यात्रुहरुबाट ३ लाख ८ हजार रुपैयाँ चोरी भएको हो ।

तुलसीपुर उपमहानगरपालिका १४ लुहाडबरा निवासी खगा डाँगीको २ लाख र घोराही उपमहानगरपालिका १६ रावतगाउँका प्रमिला शाहीको १ लाख ८ हजार रुपैयाँ बसबाटै चोरी भएको हो । यात्रुहरुको भीडभाड रहेको बेला झोलाबाट पैसा चोरी भएको पीडितहरुले बताएका छन् ।

पैसा चोरी भएपछि प्रहरीलाई खबर गरेपश्चात प्रहरीले अनुसन्धान थालेको छ । केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको दाङमा प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।

अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजन गौतमको नेतृत्वमा प्रहरी अधिकृतहरु अनुसन्धानमा लागेको उनले बताएका छन् । -सागर थापाको सहयोगमा

१ पुष २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको