सल्यानमा बिरोध प्रदर्शन: ‘निर्मला पन्तको बलात्कारी सरकार हो, गृहमन्त्री बादल राजीनामा देउ’


मङ्सिर १६, सल्यान । निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै सल्यानमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिरोध र्याली निकालेको छ । कन्चनपुरकी निर्मला पन्तलाई चार महिना अघि बलत्कार गरेर हत्या गरिएको र अहिलेसम्म अपराधी पत्ता नलगाएको भन्दै नेकपाले श्रीनगरमा आज विरोध र्याली सहित कोणसभा कार्यक्रम गरेको हो ।

सयौँ विद्यार्थी र पार्टीका नेता तथा कार्यकर्ताको बिच निकालीएको र्याली सिवजन माविको गेटबाट श्रीनगर बजार हुँदै तल्लो बसपार्क परिक्रमा गरेर पुन बिच बजारको सडकमा आएर कोणसभामा परिनत भएको थियो ।

“निर्मला पन्तको हत्यारालाई कारबाही गर, दलाल सरकार मुर्दावाद, एकिकृत जनक्रान्ति जिन्दावाद, हत्यारालाई फाँसी दे” लगाएतका पर्चा र्यालीमा देखिएका थिए ।

निर्मला पन्तको बलत्कार सरकारले गरेको हो : विश्व

कोणसभालाई सम्बोधन गर्दै नेकपा सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले सरकार चलाइरहेका ठुला मान्छेहरुले नै निर्मला पन्तको बलत्कार गरेर हत्या गरेको आरोप लगाएका छन् । उनले सरकार चलाउने ठुला नेताहरु, जनप्रतिनिधीहरु र सुरक्षा निकायका ठुला व्यक्तीले नै बलत्कार गरेकाले सरकारले हत्यारा पत्ता लगाउन नसकेको बताएका छन् ।

अहिलेको केपी ओली र बादलकको सरकार बलत्कारी र हत्यारा भएको उनले आरोप बताएका छन् । हत्यारा पत्ता लाग्न थालेपछि ठुला माछा पक्रने डरले सरकारले सबै प्रमाण नष्ट गरेको उनले बताए । हत्यारा पत्ता लगाउन नसक्ने अहिलेको सरकारले जनतालाई अरु कुनै न्याय दिन नसक्ने उनले बताए ।

सरकारले तत्काल हत्यारा पत्ता नलगाए प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलले राजिनामा दिनुपर्ने उनले माग गरेका छन् । अहिले आफ्नो पार्टीले निर्मलाको हत्याराको अनुसन्धान गरिरहेको र सरकारले पत्ता नलगाए आफुहरुले पत्ता लगाएर जनअदालतमा कारबाही गर्ने उनले चेतावनी दिएका छन् ।

कार्यक्रमलाई नेकपाका जिल्ला इन्चार्ज विश्व, अनेमा संघकी राप्ती ब्युरो इन्चार्ज हेमन्ता बुढाथोकी, अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष टंक प्रकाश केसीले सम्बोधन गरेका थिए भने जिल्ला सेक्रेटरी लोक्पाल केसीको पनि उपस्थिती रहेको थियो ।

१६ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको