सिताको पहिरन नपच्नेहरुलाई आरजुले देखाइ दिईन घाँटीमा सुनको दाम्लो


पोष्टपाटी !

यो भन्दा अगाडीको कार्यकालमा नेपालका प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा पुगेका थिए। तत्कालीन प्रधानमन्त्री प्रचण्ड दम्पति भ्रमणमा रहेको बेला सिता दाहाल माथि बस्ने शैली देखि लाउने पहिरन सम्म आफ्नै नेपालीहरुबाट आलोचना भएको थियो।

तिनै आलोचकहरुलाई यसपाली भने आरजु देउवाले घाँटीमा सुनको दाम्लो देखाई दिएकी छिन र बोक्रे राष्ट्रबादी नेपालीहरुको मनमा शान्ति मिलेको छ। देखावटी राष्ट्रबाद फलाक्नेहरुलाई देखावटी तडकभडक नै सहिय भएको गतिलो प्रमाण आरजुले पेश गरिन, जुन कुरा धेरै नेपालीलाई सहिय भएको छ।

प्रधानमन्त्री शेर बहादुर देउवा आफ्नी धर्मपत्नी आरजु देउवा संगै भारत भ्रमणमा रहेका छन । भ्रमणकै बेला संयोगले तिज परेको छ, तर तीजका लागि आरजुले गहना भिरेको भने होइन । भारत भ्रमणमा  जाँदा सुनको ‘दाम्लो’ घाँटीमा भिरेकी हुन्, यसले कसैलाई चकित बनाएन बरु धेरैलाई शान्ति मिलेको छ।

बोक्रे राष्ट्रबादीहरूलाई सिता दाहालको सर्बहारा शैलीले लज्जित बनायो, यो कुरा राम्रो संग बुझेकी आरजु देउवाले आधा किलोको सुनको दाम्लो भिरेर पतिदेब संग भारत प्रस्थान गरिन। शायद उनको सुनको दाम्लोले खोक्रे राष्ट्रबादीहरुको नाक आज उचो बनाएको छ।

राणाले झण्डै आधा किलोको सुनको ‘दाम्लो’ सिक्रीका स्वरुप घाँटीमा लगाएकी छन्। गरिव देशका धनि प्रधानमन्त्रीको धर्म पत्नीको घाँटीमा सुनको दाम्लो भने कत्ति सुहाएको छैन। यो कुरा मोदी ज्युले राम्रो संग अनुमान गरेको हुनुपर्छ। भारतीय जनताले पनि गज्जबले अनुमान गरेको हुनुपर्छ, ‘कि घाँटी हेरी गहना लाउनु पर्छ’ भनेर।

 

८ भाद्र २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको