अन्तर्राष्ट्रिय श्रमिक दिवस: गरिखानेहरु गरिब बन्दै, बसिखानेहरु धनि बन्दै


सम्पादकीय ।

आज १३०औँ अन्तर्राष्ट्रिय मजदुर दिवश हो । तर नेपाली मजदुरहरुको जिबन स्तरलाइ हेर्ने हो भने यो दिबश सैदान्तिक हिसाबले सुटबुट वालाहरुले आत्मरति लिने बाहेक खासै महत्व राखेको देखिदैन ।

गरिखानेहरू गरिब बन्दै जाने तर बसिखानेहरु झनै धनि बन्दै जाने गम्भीर अबस्था हाम्रो देशमा छ ।

अन्तर्राष्ट्रिय मजदुर दिबशले प्रदान गरेको ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ स्वार्थ बोकेका सिमित मानिसहरुलाइ उपयोगी बनेको छ । तर वास्तविक मजदुरलाइ आठ घण्टा मात्र होइन, स्रोह घण्टा कामगर्दा पनि खान लाउन नपुग्ने अबस्था छ ।

नेपालमा मजदुर दिबशको यथार्थ धरातललाइ हेर्ने हो भने वास्तविक मजदुरहरुले यो दिबशलाइ प्रथामिकतामा राखेर मनाएको देखिदैन । मजदुरको हकअधिकारको नाममा गठित विभिन्न संघ तथा संगठनहरु, राजनीतिक दलहरुले यो दिवशको आयोजना गर्ने र मनाउने कार्यमा सिमित छ ।

केहि सुटबुट वाला टाँठाबाठाहरुले मजदुरको नाम प्रयोग गरेर सैदान्तिक हिसाबले उपभोगताबादी शैली अपनाई रहेका छन् । नेपाली राजनीतिक दलहरुले मजदुरको मुद्दालाई प्रमुख हतियार बनाएर पटक-पटक सत्ताको मालिक बनेको इतिहास समेत ताजै छ तर तिनै मजदुरको जिबन स्तर अझै उस्तै अभाबमा छ ।

नेपालका मजदुरहरुको हकमा उनीहरुको बास्तबिक श्रमको मूल्य अझै सुनिश्चितता भैसकेको अबस्था होइन । फलस्वरुप विश्व बजारमा नेपाली मजदुरहरुको श्रम सस्तो मुल्यामा बिक्रिभैरहेको छ । नेपाली मजदुरहरुको श्रमको मूल्य न्यून रहनुले उनीहरु विदेश पलायन हुने श्रमिकहरुको मुख्य समस्या हो ।

गरिखाने बर्ग र बसिखाने बर्ग बिचको असमानताको खाडल दिनप्रति दिन झन् बढ्दै गैरहेको छ । गरिखानेहरू गरिब हुँदै छन्, बसिखानेहरु झनै धनि हुँदै छन् । त्यसकारण मजदुरको श्रममाथि बसिखाने बर्गले सोसन गर्दा मजदुरका आन्दोलनहरु अझै जीवित छन् ।

नेपालमा अहिले पनि यहि बर्ग बिचको असमानता अस्थिरताको प्रमुख कारकतत्व बनेको छ ।

यसरि सुरु भयो ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’

सन् १८८६ मा अमेरिकामा मजदुर आन्दोलन चर्काए । मजदुर आन्दोलन चर्कदै गर्दा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन ग¥यो । प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भयो ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालियो ।

आज मजदुर आन्दोलनको सम्झनामा बुधबार विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा हरेक बर्ष यो दिवस मनाउन थालिएको हो ।

विश्वभरका मजदुरले यो दिवसलाई विशेष पर्वका रूपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपाली श्रमिक दिवसको ईतिहास

नेपालको विराटनगरमा विसं २००७ (सन् १९५०) मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । तर विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।

यसवर्ष देशभर क्रियाशील ट्रेड युनियनको छाता सङ्गठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को अगुवाइमा सबै मजदुरले एकै थलोमा दिवस मनाउने भएका छन् । श्रमिक दिवसका दिन उपत्यकाका विभिन्न स्थानबाट श्रमिकको जुलुस निकाल्ने तयारी गरिएको छ । विभिन्न स्थानबाट निस्केको जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।

सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

१८ बैशाख २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको