देशमा प्रतिनिधि सभाको चुनाव आउदै थियो । राजनीतिक तरंगहरुले अवतरण खोज्दै थिए ! तर त्यहि बेला बिप्लव नेतृत्वको नेकपाले चुनाव बिथोल्न बमहरु प्रहार गर्दै थियो । अनि बादलले बिप्लवलाइ पक्राउन गर्न वारेन्ट जारि गरे ।
बर्गीय युद्दकर्मीहरुको परिस्थिति फरक कोणमा उभिएको थियो । युद्द्का सहकर्मीहरु भिन्न बर्गीय कित्तामा उभिएपछि, एउटा फोटो निकै भाइरल बन्यो । फोटो थियो हालका गृहमन्त्री राम बहादुर थापा र नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ को !
तस्बिरमा राम बहादुर थापा ‘बादल’ थकित मुन्द्रामा ढुंगा माथि थचक्क बसेका छन् भने नेत्र बिक्रम चन्द ‘विप्लब’ उमंग भरिएको जोसिलो अनि हँसिलो मुस्कानमा उभिएका छन् ।
तस्बिरले संकेत दिएको छ, बादलको थकित मुन्द्रालाई उडाउदै बिप्लवले ठट्टा गरेर, मजाक गर्दै छन् । खासमा भएको पनि त्यहि रहेछ ।
यो तस्बिर २०१३ सालमा जिबन हमालले पब्लिस गरेका थिए । उक्त तस्बिर थबाङ जाँदा खिचिएको रहेछ । रोल्पाको थबाङ जाँदा बिचमा पर्ने भेडीखर्क खोलामा बिश्राम गर्दै गर्दाको तस्बिर हो ।
यो २०१३ फेब्रुअरी १२ तारिखको कुरा हो । बादल, बिप्लव संगै अन्य नेताहरु सीपी गजुरेल र इन्द्र मोहन सिग्देल पनि थिए । उनीहरु थार्पु गाउँबाट थबाङका लागि हिंडे । अर्को दिन जनयुद्ध दिवस मनाउनुपर्ने भएकाले उनीहरु त्यसतर्फ जाँदै थिए ।
घना जंगलको बाटो निकै उकालो थियो । उनीहरु संगै रहेका बादल र गजुरेललाई पहाड चढ्न कठिन भयो । ठाडो उकालो भएकाले उनीहरु स्याँफ्याँ गर्दै हिंडिरहेका थिए । जब यो समूह उवाको भेडीखर्क खोलामा पुग्यो, बादल चट्टानको आड लिएर घुडामा हात राखेर थुचुक्क बसे ।
नजिकै उभिएर बिप्लवले उनको थकाइलाई देखेर भने, ‘तपाई जस्ता सिनिएरहरुलाई उकाली ओरालीले समस्या गरायो । अब पार्टी युवाहरुलाई जिम्मा लगाउनु पर्यो, होइन र बादल दाई ? ’ भन्दै हाँसे ।
बिप्लवको यो प्रश्नले समूहका अन्य व्यक्ति गलल हाँसे । तर, बादलले अँध्यारो मुख लगाए, उनले कुनै जवाफ दिएनन् ।
बिप्लवले आफनो प्रश्नको उत्तर पाउन दुई बर्षसम्म कुरे । गतिलो जवाफ नपाएपछि २०१४ मा उनले फरक बाटो रोजे । बादलको राजनीतिक लाइन जनयुद्धको जगमा जनबिद्रोह थियो । बिप्लवले अर्को ठाउँबाट एकीकृत जनक्रान्ति गर्नुपर्ने लाइन लिएका थिए ।
संयोग पनि होला, फोटोमा बोलिरहेको दृश्य अर्थात् नेत्र बिक्रम चन्द ‘विप्लब’को प्रश्नले केहि समय पछि सार्थकता पायो । अहिले आएर बादल प्रचण्डको लाइनमा समाहित भएका छन् । बिचमा उनले प्रचण्ड र बाबुरामलाई गद्दार भन्दै मोहन बैद्यसंग समय बिताए । तर, पछि प्रचण्डसंग मिसिएर राष्ट्रियसभा सदस्यहुंदै मन्त्री पनि भए ।
यता बैद्य माओबादि देखि छुट्टिएर नेकपाको नेतृत्व गर्न बिप्लवले नयाँ जोस देखाएर छुट्टीए, अहिले अर्धभूमिगत अबस्थामा छन् ।
क्रान्ति देखि थाकेका बादल बैद्य माओबादिबाट पनि हात धोएर संसदीय ब्यबस्थामा रहेको प्रचण्ड माओबादि समूहमा फर्किएपछि हाल उनि गृहमन्त्री भएका छन् ।
युद्दकालमा सैन्य ‘गुरिल्ला मास्टर’ भनेर चिन्निने बादल, संसदीय व्यबस्थाको गृहमन्त्रि भएपछी जनअपेक्षा अनुरुप प्रभाब जमाउन सकेनन । सुरुवाती चरणमा यातायात माथिको सिन्डिकेट हटाउन प्रयत्न गर्दा केहि प्रभाव छेड्न खोजेका बादल आन्तरिक कारण अर्थात आफ्नै ब्यबस्थाका बिचौलियाका कारण असफल भए ।
सिन्डिकेट सफलता नहुनुमा एकीकरण पछि बनेको आफनै पार्टी भित्रका नेताहरुको ब्यबसायिक लेनदेनको चेपुवामा परेका उनि असफल रहेका हुन् । त्यसपछि देशमा बढेका हत्या हिंसा र बलात्कारका घटनाले उनको क्षमता माथि बादलको कालो धब्बा नै लगाई दियो ।
कन्चनपुरको निर्मला काण्ड बादलको असफलताको प्रमुख तगारो बनेर आज पूर्ण रुपमा उनको पद नै धरापमा परेको स्थिति छ । गृहमन्त्रीबाटै हात धुनुपर्ने स्थिति आएको छ । पार्टी भित्रै असफल गृहमन्त्रीको आरोप लागेको छ । ओराली लागेको उनको असफलताको यात्रामा परिवारले गम्भीर आरोपहरु झेल्नुपरेको छ । बिशेष गरि उनका छोराको बारे मिडियामा विभिन्न गम्भीर टिप्पणीहरु आइरहेका छन् ।
सायद यो बेला उनको अन्तर हृदयले संसदीय ब्यबस्था भित्र भेटिने काला सिन्डिकेटका अंकुसहरुलाइ पहिचान गरेका होलान । संसदीय व्यवस्थाले गर्न चाहेर पनि गर्न नदिने आन्तरिक शत्रु प्रदान रहेछ भन्ने कुरा बादलले राम्रो संग महसुस गरेको हुनुपर्छ । भलै उनले भन्न र अभिव्यक्त गर्न नैतिक जिम्मेवारीले पनि दिंदैन । यो विप्लब निकटकाहरुको टिप्पणी हो ! उनको असफलतालाई बिप्लवहरुले राजनैतिक फाइदाको रुपमा लिएका छन् । बिप्लवहरुले संसदीय ब्यबस्थाले असफल बनाइ दिएको बादल भनेर बुझेका छन् ।
बादललाइ नजिकबाट चिनेका विप्लब निकटका सहकर्मीहरुको बुझाइ यो पनि छ, बादलको क्षमता न्यून रहेको भनेर आक्षेप लगाउनु अन्याय हुन्छ । बादलसंग क्षमता नभएको होइन तर क्षमता प्रयोग गर्ने फ्रीडम उनलाई नभएको हो । बरु आफ्नो क्षमता लागु गर्ने थलो निर्माण गर्ने हिम्मत बादलसंग नभएको चाहि हो । पार्टी र नेतृत्वका बिचौलियाहरुको घेराबन्दीमा परेर, उनले आफ्नो खुबी प्रदर्शनबाट बन्चित हुनुपरेको सत्य हो । बादललाइ नजिक बाट बुझ्नेहरूको विश्लेषण छ ।
प्रसंग बिप्लव र बादल तिरै जाउ । धेरैले विश्लेषण गर्ने गर्छन, युद्धकालबाटै बिप्लव र बादलबीच फाटो थियो । यो भनाइ त्यति सत्यताको नजिक नहोला । एउटा सत्यता के हुन सक्छ भने माओवादीमा लागेका धेरैले युद्धकालदेखि नै पार्टीका लडाकु र कार्यकर्ता बादल भन्दा बिप्लवसंग भेटघाट गर्न बढी रुचाउँथे । यसकै कारण बादल र बिप्लव बीच फाटो भएको भन्ने विश्लेषण तर्कसंगत नहुन सक्छ ।
पार्टी भित्र बादल र बिप्लवको फौजी संयोजनमा निकै तालमेल थियो । तालमेल भएकै कारण बादल रोल्पा रुकुम लगायतका आधार क्षेत्र तथा मध्ये कमाण्डको जिम्मेवारी लिएर लामो समय बसेका थिए । जतिबेला गृहक्षेत्रको हिसाबले बिप्लवले बादललाइ भरपुर साथ् दिएका हुन् ।
तर आज उनीहरुको स्थितिमा फरक कोणमा उभिएको छ । हुन त ‘राजनीतिमा स्थायी मित्र र शत्रु भन्ने हुँदैन’ । कुनैबेला ज्यान हत्केलामा राखेर हिंडेका यी दुई व्यक्ति अहिले भने एक अर्काका बिरोधी भएका छन् ।
माओवादीमा १६ बर्ष एउटै कमिटीमा रहेका थापा र चन्द आज बिपरित ध्रुवमा मात्र छैनन, उस्तै परे एकले अर्कालाई सिध्याउनेसम्मको परिस्थितिमा बढ्दै छन् । जतिबेला बिप्लवले चुनाव बहिष्कार गरे, त्यहीबेला गृहमन्त्री बादलले बिप्लवमाथि पक्राउ पूर्जी जारी गर्दै ७० दिन भित्र अदालतमा हाजिर हुन उर्दी गराए ।
जुनबेला सरकारी वारेन्ट कपिलबस्तुस्थित बिप्लवका दाई चन्द्रबहादुर चन्दको घरमै टाँसियो ।
थापाले चन्दका प्रवक्ता खड्ग बिश्वकर्मालाई बिभिन्न मुद्दा लगाएर दिनुसम्म तनाव दिए । चन्दका थुप्रै कार्यकर्ता पक्राउ गर्न लगाए । अहिलेपनि बिभिन्न अदालतमा उनीहरुबिरुद्ध मुद्दा छ भने सरकारले उनीहरुका गतिविधिलाई निगरानीमा राखेको छ ।
यतिबेला फेरी देशभर बिष्फोटका घटना भएका छन् । हिजोका बर्गीय मित्रहरु आज बर्गीय दुश्मनमा विभाजित भएको अबस्था छ । यसले फेरि देशमा ठुलो भयाबह निम्तिन सक्ने खतरा बढेको छ । जनयुद्दको अनुभव लिएर सत्तामा रहेका माओबादि र पुन बिद्रोहको झन्डा बोकेर सडकमा रहेको नेकपा बीच राजनैतिक सहमति हुन आबस्यक छ । फोटोको कथालाई राजनैतिक सहमतिमा एकपटक फेरी मिलाउनु पर्छ, यसैमा देशको हित छ ।
२०७५ फाल्गुन १३ प्रकाशित
प्रतिक्रिया दिनुहोस