कोबेमा एन आर एन कान्साइको तीज कार्यक्रम सम्पन्न |


पोष्टपाटी/काठमाडौं भाद्र ७

एन आर एन कान्साइले यही अगस्त २२ तारिकका दिन कान्साइको कोबे स्थित नादाकुमिन सेन्टरमा तीज कार्यक्रम सम्पन्न गरेको छ । नेपालका चर्चित कलाकारहरु पूर्ण कला बिसि, रमेश राज भट्टराइ र सरिता गुरुङको धमाकेदार प्रस्तुती रहेको उक्त कार्यक्रममा लोक गीत संगीतको क्षेत्रमा सफलता पछाउदै गरेका कलाकारहरु कुलबिर थापा, दिनेश केसी र सुशिल ज्ञवालीले आ-आफ्नो प्रस्तुती राख्नु भएको थियो ।

महिलाहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा आफुहरुले एन आर एन कान्साइलाई माइती सम्झेको बताउदै धन्यवाद ब्यक्त गरेका थिय। समाज सेवी तुलसिराम खरेल प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रमको सभापती एन आर एन कान्साइका संयोजक भुमिराज दवाडी रहनुभएको थियो संस्था उप संयोजक तथा कार्यक्रमका संयोजक कृष्ण शर्मा गैरेले स्वागत मन्तब्य राख्नु भएको थियो ।

कान्साइका बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको उक्त कार्यक्रम संस्था सचिव बिकास पराजुली र संचारकर्मी पुरुषोत्तम लामिछानेले गर्नु भएको साथै कार्यक्रममा एन आर एन कान्साइले कलाकारहरुलाई खादा तथा सम्मान पत्रले सम्मान गरेको संचारकर्मी पुरुषोत्तम लामिछानेले बताउनुभयो |

 

७ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको