दुबईमा ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो खजुरको बुटामा’ {भिडियो}


पोष्टपाटी!

जब साँझ पर्छ, बरदुबईको चोक नजिकै नेपाली मौलिक बाजा ‘मादल र बाँसुरी’ गुञ्जायस हुन्छ । डिस्को र डान्सबारले झुमाउने आधुनिक युएईमा नेपाली मौलिक बाजागाजाको धुनले गुन्जायमान बनाउदा, कुन नेपालीलाई डाक्दैन  होला त्यो सुमधुर धुनले ।

बिरानो यो परदेशमा बिरत्तियका मनहरु सामु अनयासै सुन्निने नेपाली मौलिक बाजाको धुनले ‘यो मन त मेरो नेपाली हो’ भन्नेहरुलाई आखिरमा रोधीघर डाकेरै छाड्छ । किनकी संस्कृति र कला हाम्रो आत्मा हो, हाम्रो पहिचान हो, यसले ज्युन सिकाउछ।

हर साँझ ७ बजेर ३० मिनेटबाट सुरुहुने नेपाली मौलिक धुन युएई बरदुबईको एउटा सांगीतिक रोधीघरमा भेटिन्छ । सम्भवतः युएईको एकमात्र नेपाली धुन घर हुनुपर्छ याक एण यति ।

त्यहि रोधीघरमा भेटिन्छन बिशाल प्रतिभा भएका एउटा युवा ‘बिशाल भाट उर्फ बिष्णु भाट’ । जव उनि रोधी घरको मंचमा आधुनिक सुगम गित गाउन उभिन्छन, तब उपस्थित पाहुनाहरुको आंगको रौ ठाडो पारिदिन्छन! सबै मन्द्रमुक्त हुन्छन ।

सुन्नुहोस उनले रोधीघरमा गाएको कभर गित ‘अल्झेछ क्यारे पछ्यौरी’

उनको कलाकारिता पनि अचम्मैको छ । नेपाली आधुनिक गायन उनको मुख्य विधा त हो नै, उनि बाँसुरीमा पोख्त छन् र हार्मोनियम बाधनमा पनि त्यतिकै निपुण छन् ।

उनको गायकी र बाध्यबादनलाई हेर्दा यस्तो लाग्छ, मेरो देशले पौरखी श्रमिकहरुलाई मात्र बेचेको छैन, देशका पौरखी कला र गलाहरुलाई पनि बेचेको रहेछ ।

७ बर्ष पहिले काठमाडौंका रोधीघरहरुमा आफ्नो कलाको जादु चलाउथे । उनि ठुला-ठुला धार्मिक महोत्सवहरुमा सहभागी हुदै पुर्ब पश्चीम गरिरहन्थे । प्रायः स्टेज कार्यक्रमहरुमा सहभागी हुन्थे । ३ हाते लामो बाँसुरी काँधमा हालेर मनमोहित पार्दै बजाउथे । उनको गला त भगवानले बरदान दिएकै थिए, हार्मोनियममा औला चलाउने सिपपनि बरदान पाएकै छन् ।

सुमधुर नेपाली धुन गुन्जिने त्यो परदेशको रोधीघरमा तिनै अल्लारे ठिटो अब त बैस पनि झप्केला झैँ अबस्थामा देखेर झस्किए, अनि एकमनले सोच्यो देशका प्रतिभाहरु पनि प्रदेशी भए छन् बरै । परदेशको रोधी घरमा उनि आधुनिक गित गाउदा रहेछन, हार्मोनिय फिट्दा रहेछन, बाँसुरी फुक्दा रहेछन ।

परदेशको यात्रा तय हुदैँगर्दा अन्तिम पल्ट काठमाण्डौको चर्चित गण्डकी दोहोरि साँझमा उनले राज कुमार बगरको शब्द संगीत रहेको गित ‘उडेर जुन छुन्छु भन्थे, तर आज पिंजडाको चरी भा छ जीवन’ गित सुनाएका थिए । उडेर सपना चुम्ने रहर हराएको मै प्रदेशीलाई गित सुनाएर रुवाए तर उनै एकाएक आज प्रदेश पो आएछन ।

हो…।  भोको पेटले खाना माग्छ र तिनै भोकाएका पेटहरुले बिकल्प खोज्छन । तर आज केवल भोको पेटका लागि मात्र रहेन, जमानाले अथाह आबस्यकताको भकारी बोकेर आएको छ, जो पेट भर्ने एकगास, माना वा पाथीले मात्र पुग्दैन । त्यसैले थुप्रै प्रतिभाहरु आज परदेशमा अन्तिम बिकल्प खोज्दै छन् । पौरखी श्रमिकहरुको थकाई बिसाउने परदेशको रोधीघरमा पुगेका छन् ।

तिनै अर्घाखाँची ठुला पोखराका बिष्णु भाट युएइको याक एण्ड यति दोहोरि घरमा बिगत केहि बर्ष देखि काम गर्दै आएका रहेछन । हरेक साँझ परदेशको बिरानो त्यो मझेरीमा उनको सुरिलो स्वर गुन्जिदो रहेछ, मिठो धुन पस्किदा रहेछन ।

चियाको बोटमा अल्झिने हाम्रा मैयाहरूको पछ्यौरी अचेल खजुरको बोटमा अल्झिदो रहेछ! त्यसैले उनि कहिले काहीं जिस्किदै नारायण गोपालको गीतलाई यसरि गाउदा रहेछ “अल्झे छ क्यारे पछेउरी तिम्रो खजुरको बोटमा”।

भलै उनि युएईमाहुने सांस्कृतिक कार्यक्रममा भने कतै देखिदैनन । रोधीघरमा प्राय व्यस्तहुने भएको हुँदा समयको अभाब दर्साउ छन् उनि । सुक्रबार वा सार्बजनिक बिदाहरुको रात रोधीघर धेरै व्यस्त हुन्छ, तिनै रातहरुलाई चुम्ने गरिहुने युएइका खुल्ला कार्यक्रमहरुमा सहभागी हुन नसकेको हुँ, उनि भन्छन ।

बिष्णु भाटले बजाएको बाँसुरी धुन सुन्नुहोस :-

परदेशको रोधी घरमा उनको प्रतिभाको डिमाण्ड वान्स मोरमा धेरै हुँदो रहेछ । रोधीघरमा आउने नेपाली पाहुनाहरु उनको त्यसैपनि फ्यान छन् तर बिदेशी पाहुनाहरु पनि उनको फ्यान रहेछन । बिष्णुको बाँसुरी बादनको फ्यान बनेका इन्डियन पाहुनाहरु पनि भेटिए । उनकै बाँसुरीको मिठो धुन सुन्न साता दिनमा फिर्दा रहेछन हाम्रा छिमेकी भारतीहरु । छिमेकीहरुको अफरमा हिन्दि गीत पनि गज्जबले गाउदा रहेछन, बिशाल भाट ।

पैसाको धुरी चढेर कलाकार बन्ने जमानाको बिकाश भएको छ। जसको कारण यस्तै प्रतिभाहरु नचाहेर पनि पर्दा पछाडी छिप्नु परेको छ । अहिले सम्म उनले स्टुडियोमा गित रेकर्ड गरेका छैन तर भबिस्यमा एल्बमको तयारि गरि रहेको पोष्टपाटीलाई बताए । उनको रोधीघरले सबैलाई झुमाउदै चकमन्न रातलाई झन गहिराई तिर दुबाउदै थियो, यता भोलि आउने मालिकको ड्युटीले यो पंतिकार घच्घच्यायो। फेरी आर्को कुनै साँझ भेटहुने बाचा गर्दै रोधीघर छोडेर आफ्नो प्रदेशको पाटी बोकेर पोष्टपाटी त्यहाँ बाट हिड्यो । अस्तु…..

६ भाद्र २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको