भेटियो पर्बते र बर्मेनीको नुन बोक्ने कथा ‘साँइला जी’ [भिडियो]


जेठ ३१, रुकुम । ‘कुरो ६ दशक पहिलेको हो अर्थात ६० वर्ष पहिले । यस्तै बिक्रम सम्बत २०१७ सालको पेरिफेरीमा भन्नुस ।

नेपालको पश्चिम पहाडमा बसोबास गर्ने मगर समुदायका मानिसहरु नुन किन्न भारतको सिमाना कोइलाबास सम्म पुग्थे । उच्च पहाडी भागका मानिसहरु महिनौ दिन लगाएर नुन बोकेर खाने गर्थे ।

रुकुमको उच्च पहाडमा बस्ने मानिसहरुलाई पर्बते र तल्लो भेगका बरमेनी भंनिन्छ । तिनै पर्वते र बरमेली बीच नुन बोक्दा बसेको प्रेमको कथालाई ‘साइला जी’ भाकामा प्रस्तुत गरीएकोछ । नुन बोक्न जाने र शहर हेर्ने रहर सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।

रुकुम रोल्पाका भेगहरुमा गाईने मौलिक संस्कति ‘साइला जी’ तिलक रोका मगर र बिमला रोका मगरले निर्माण गरेका हुन। गीतको लेखन तथा संगीत तिलक रोका मगरले गरेका छन भने आवाज पनि तिलक रोका मगर र बिमला रोका मगरको रहेको छ ।

म्युजिक भिडियोमा कलाकार बिबश बुढा मगर र बिमला घर्ति मगरको अधिनय रहेको छ ।

“साँइला जी अथवा साँइला बरै” गीत पश्चिम पहाड़ी क्षेत्रमा बसोबास गर्ने समुदायहरुले जून सुकै पनि नाता पर्ने आफ़नती वा नयाँ पाहुनाहरु संग सुख, दुख, जीवन भोगाई र मायाको बारेमा आदर साथ गाइने एक पुरानो भाकाको गीत हो ।

हेर्नुहोस भिडियो:

३१ जेष्ठ २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको