नेकपा रोल्पाद्वारा सर्बपक्षिय अन्तरक्रिया कार्यक्रम सम्पन्न


चैत्र २१, लिवाङ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाको आयोजनामा सर्वपक्षिय भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार लिवाङमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो । भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेकपा रोल्पाका पुर्व जिल्ला इन्चार्ज प्रयासले पार्टीको धारणा, एकिकृत जनक्रान्तिको बिकाशक्रम र वार्तापछिको परिवेश सवालमा विषयवस्तु राखेका थिए ।

सहभागि विभिन्न व्यक्तित्वहरूले नेकपाको एकिकृत जनक्रान्तिको कार्यदिसा साथै अबको पार्टीको गतिविधिका बारेमा सुजाव सहितको धारणा पेश गरेका थिए ।

सहभागीहरुको सुझाव र धारणाहरुलाई निवर्तमान रोल्पा जिल्ला पार्टी इन्चार्ज प्रयास र वर्तमान इन्चार्ज दिनेशबिक्रम चन्द ‘मानव’ले प्रस्ट्याएका थिए । भने पार्टी माथिको प्रतिवन्ध फुकुवा पश्चात गरिएको अन्तरक्रियामा उपस्थित सम्पुर्णलाई जिल्ला सेक्रेटरी शोभाराम रानामगर ‘बिष्फोट’ ले धन्यवाद ज्ञापन गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी विप्लवले संसदीय ब्यबस्था र बैज्ञानिक समाजबादी व्यवस्था बीच जनमत संग्रहको आबस्यकता बारे राष्ट्रिय सरकार निर्माण बिषयमा विभिन्न राजनैतिक शक्तिहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्ने नीति तथा कार्यक्रम अवलम्बन गरिरहेको छ ।

२१ चैत्र २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको